संघीयताको एक वर्ष : स्वास्थ्य समूहको संघीय सेवा कहिले ?



Download our app to get more features

काठमाडौं, ८ जेठ । देश संघीयतामा गएको एक वर्ष बितिसक्दा पनि नागरिकले भने संघीय संरचना अनुसारको उपचार सेवा पाउन सकेका छैनन् । संघीय संरचनामा जुन उत्साहका साथ स्वास्थ्य सेवा पुग्नुुपर्ने थियो सो अनुसार नभएपछि नागरिकमा नैराश्यता सृजना हुन थालेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संघीय संरचनामा स्वास्थ्य सेवा बिस्तारका लागि अझैं समय लाग्छ । मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. दिपेन्द्ररमण सिंहका अनुसार हरेक स्थानीय तहमा एक एक जना स्वास्थ्यकर्मी पुगिसकेका छन् । तर, अन्य सेवा सुविधा पु¥याउनु चुनौतीपूर्ण छ । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तनको आवश्यताको साथसाथै चुुनौती पनि धेरै छ । त्यसलाई समाधान गर्न अझै केही समय लाग्छ तर, चाँडै नै सम्पूर्ण स्थानीय तहमा सबै स्वास्थ्य सेवा पुु¥याउन हामी लागिरहेका छौं ।’

एक वर्षको अवधिमा सबै क्षेत्रमा स्वास्थ्य सेवा बिस्तार गर्न नसकेको उनले स्वीकार गरे । उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवा दिनु सरकारको पहिलो दायित्व हो । जसका लागि सरकारले केन्द्र, प्रदेश र स्थानीयमै तयारी गर्दैछ ।’ यद्यपि, उनले सामान्य स्वास्थ्य सेवा अहिले पुगिसकेको दावी गरे । सर्जिकल र अन्य विशेष सेवा दिनका लागि मात्रै समय लागेको उनले बताए । उनले भने, ‘भौगोलिक विकटता र दक्ष जनशक्ति अभावका कारण पनि स्वास्थ्य सेवा विस्तारमा समस्या भइरहेको छ ।’
 

Last modified on 2018-05-23 19:46:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts