रुकुमको खारामा सेनाले बनाइदियो अस्पताल



Download our app to get more features

रुकुम १०, जेठ । तत्कालिन समयमा विद्रोही माओवादी र राज्य पक्षको दोहोरो भिडन्तको चपेटामा परेर पीडा बेहोरेको खारागाउँमा नेपाली सेनाले अस्पताल बनाईदिएको छ । 

युद्धकै कारण चर्चामा समेत आएको खारामा राज्यप्रति जनताको विश्वासलाई स्थापित गराउन सगै खासगरी प्रहरी र सैनिकसंग सम्बन्ध बनाउन यस्तो गरिएको हो । नेपाली सेनाको देवी दल गण सल्ले रुकुमले अस्पताल निर्माण गरेर एक कार्यक्रमका बिच स्थानीय तहलाई हस्तान्तरण गरेको छ । 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३, खारानेटामा बनेको यो अस्पताल ५ सैयाको अस्पताल हो । जसका लागि नेपाली सेनाको देवी दल गणले नगद ११ लाख र स्थानीयको ९ लाख बराबरको श्रमदान समेत गरी जम्मा २० लाखको लगानीमा यो अस्पताल निर्माण भएको देवी दल गणका गणपती प्रमुख सेनानी पंकज रावलले बताए । 

यहाँबाट छिट्टै आधुनिक रुपमा स्वास्थ्य सेवा सुरु हुने गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको भनाई छ । अस्पताललाई थप शैया बिस्तार गर्ने र यहाँबाट आधुनिक प्रबिधिको प्रयोग गरेर नागरिकलाई व्यवस्थित सेवा प्रदान गर्ने गाउँपालिकाले नीति बनाएको छ । 

Last modified on 2018-05-24 09:45:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts