शिक्षण अस्पतालमा पेम्फिगस भल्ग्यारिसको नयाँ उपचार विधि शुरु

What's This?


Download our app to get more features

काठमाडौं,१० जेठ । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शिक्षण अस्पतालमा पहिलो पटक पेम्फिगस भल्ग्यारिस अर्थात छाला तथा मुखभित्र असर गर्ने एक प्रकारको दुर्लभ रोगका लागि नयाँ उपचार विधि शुरु भएको छ ।

रिटुक्सिम्याब भन्ने औषधिका  माध्यमबाट यो रोगको उपचार गरिएको हो । लिम्फोमा लगायत अन्य रोगका लागि रिटुक्सिम्याबको प्रयोग भइरहने भएपनि पेम्फिगस भल्ग्यारिसका लागि यो सेवा शिक्षण अस्पतालमा पहिलो पटक शुरु भएको हो । यो भन्दा अगाडि स्टेरोइड, साइक्लोफोस्फामाइड र एजाथायोप्रिन जस्ता औषधिहरुप्रयोग हुने गरेको थियो । शिक्षण अस्पतालका वरिष्ठ चर्मरोग विशेषज्ञ डा. सुदिप पराजुलीका अनुसार यी औषधीहरू लामो समयसम्म प्रयोग गर्नुपर्ने तथा यिनीहरूको प्रतिअसर पनि धेरै हुने भएकाले वैकल्पिक औषधीहरूको आवश्यकता रहेको छ । 

विभागका युनिट प्रमुख डा दिनेश बिनोद पोख्रेल का अनुसार सो रोगमा आगोले पोलेजस्तो पानीफोका आउने, फुट्ने र निको हुँदा कालो दाग बस्ने गर्दछ । डा. पोख्रेल का अनुसार बारम्बार मुखभित्र घाउ आउने भयो भने पनि पेम्फिगस भल्ग्यारिस शङ्का गर्न सकिन्छ र यस रोगको निदानका लागि छाला काटेर जाँच गर्नुपर्ने हुन्छ । 

पश्चिमी देशहरू तथा भारतमा पनि पेम्फिगस भल्ग्यारिसमा यो औषधिलाई  पहिलो प्राथमिकता दिएर प्रयोग हुने गरेको छ । नेपालमा यस औषधि सहजै उपलब्ध नहुने तथा महँगो हुने भएकोले प्रयोगमा नआएको डा. पराजुली बताउँछन् । शिक्षण अस्पताल मा  यस सेवाको शुरुवातसँगै यस रोगको उपचारको लागि बिरामीलाई भारत पठाउनु पर्ने बाध्यता हटेको विभागका डा.द्वारिका प्रसाद श्रेष्ठ ले बताए । 


 

Last modified on 2018-05-24 12:14:18

1 Comments

  1. Congratulation Dr D.B.pokhrel, Dr Dwarika Prasad Shrestha and Dr Sudip Parajuli for starting rituximab in pemphigus patient. This service had already been started in Dermatoly department, B.P.Koirala Institute of Health Sciences, Dharan for last 2years and the patients are do very well.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts