टाउको दुख्छ ? कतै ब्रेन ट्यूमर भएको त छैन ?

(भिडियो सहित)



Download our app to get more features

ब्रेन ट्यूमरको बारेमा धेरै मानिस जानकार छन् । नेपालमा ब्रेन ट्यूमरका बिरामी धेरै छन् । ब्रेन ट्यूमरकै कारण धेरैको मृत्यु समेत भएको छ । के हो ब्रेन ट्यूमर ? यसबाट कसरी बच्ने ? न्युरोलोजिष्ट डा. अनिसमान सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश । 

ब्रेन ट्यूमर भनेको के हो ?

ब्रेन भनेको मानव मस्तिष्क हो  । साथै ट्युमर भनेको अंगमा अनावश्यक मासु पलाउनु हो । सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ । यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको हो ।  

ब्रेन ट्युमर कति प्रकारको हुन्छ ?

ब्रेन ट्युमरलाई ४ वटा ग्रेडमा छुट्याइएको छ । जति ढिला हुँदै वा ग्रेड बढ्दै जान्छ । उत्तिनै ट्युमर नराम्रो हुँदै जान्छ । पहिलो र दोस्रो ग्रेडको ट्युमरलाई त्यति भयावह मानिँदैन । भने, तेस्रो र चौथो ग्रेड निकै नराम्रो हो अर्थात क्यान्सरमा रुपान्तरित भएको हुन्छ । ग्रेड अनुसार यसको उपचार पद्धति अबलम्बन गरिन्छ । 

ब्रेन ट्यूमर हुने कारणहरु के के हुन ?

यो धेरै किसिमका हुन्छन् । ब्रेन ट्यूमर यहि मात्र कारणले हुन्छ भन्ने छैन । धेरै कारणले हुन्छ । प्रदुषित वातावरण,वंशाणुगत गुण,विकिरणहरुमा बढी बस्नाले पनि ब्रेन ट्युमर हुनसक्छ । 

ब्रेन ट्यूमरका लक्षणहरु के कस्ता देखापर्छन् ?

ब्रेन ट्युमरका लक्षणहरु कुन प्रकारको ट्यूमर भएको हो , र व्यक्तिको शारीरिक अवस्था कस्तो छ, सो हेरी लक्षणहरु देखिन सक्छ । सामान्यतया बान्ता हुनु, टाउको दुख्नु , बेचैन हुनु, आलस्य हुनु, खाना अपच हुनु, हर्मोनको गडबडीका कारण महिलामा महिनावारी गडबडी ,पुरुषमा यौनजन्य रोगहरु देखिन्छ  । ट्युमर भएको धेरै समय भए प्यारालाइसिस् हुने, छारेरोग जस्ता लक्षण देखा पर्छ । 

ब्रेन ट्यूमरको उपचार कसरी गरिन्छ ?

सबैभन्दा पहिला लक्षणको आधारमा सिटी स्क्यान,एमआरआई गरेर ब्रेन ट्युमर भए नभएको एवं कुन ग्रेडको छ यकीन गरिन्छ । ट्यूमरको सही उपचार भनेको शल्यक्रिया नै हो । तर केही ट्युमरको शल्यक्रिया नगरि पनि उपचार सम्भव हुन्छ । 

ब्रेन ट्यूमरबाट कसरी बच्ने ?

मस्तिष्कका कुनै कोषको अनियन्त्रित वृद्धि भएर मासुको जस्तो डल्लो बन्दा ट्युमर हुने हुँदा यो यही नै सावधानी अपनाउँदा हुदैन् भन्ने हुदैन् । तर स्वस्थ वातवरणमा बस्ने ,विभिन्न प्रकारका रेडियसन,विकिरणहरुबाट जोगीने, मद्यपान,धुम्रपान नगर्नाले केही हदसम्म बच्न सकिन्छ । कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरन्त न्युरोलोजिष्ट (नशारोग विशेषज्ञ)कोमा परीक्षण गराउनुपर्छ ।

भिडियो हेर्नुहोस्:

Last modified on 2018-05-25 07:41:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts