नर्भिकले दियाे ग्राण्डीलाई झड्का, राष्ट्रकविकाे उपचार नेपालमै सम्भव भएकाे दावी



Download our app to get more features

काठमाडौं, १० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार नेपालमै सम्भव भएको नर्भिक अस्पतालले दावी गरेको छ ।

उसको प्रतिस्पर्धि मानिएको ग्राण्डी अस्पतालले राष्ट्रकविको थप उपचार नेपालमा सम्भव नभएको भन्दै भारत रिफर गरेपछि नर्भिकले आज विज्ञप्ति निकाल्दै यस्तो जनाएको हो ।

राष्ट्रकवि घिमिरेलाई आन्द्रामा समस्या भएपछि उनको उपचार नेपालमा सम्भव नभएको भन्दै भारत पठाएको भोली पल्ट नर्भिकले आफूसँग आन्द्राको सम्पूर्ण रोगको उपचार प्रविधि रहेको तर, उनको उपचारमा संलग्न डाक्टहरुले बाहिर पठाएको भन्दै आलोचना गरेको छ ।

नर्भिकले सानो आन्द्राको जुन सुकै रोगको उपचारका लागि भन्दै ३ वर्ष अघि इन्टेरोस्कोपी प्रविधि भित्र्याएको र त्यस सम्बन्धि विशेषज्ञ पनि आफू सँगै रहेको भन्दै अस्पतालका डक्टर र अस्पतालबीच समन्वयको अभाव भएको पनि औल्याएको छ । 

नेपालमै विभिन्न रोगका उपचार प्रविधि र विशेषज्ञ हुँदा उच्चपदस्थ व्यक्तिलाई बाहिर पठाउन आवश्यक नभएको भन्दै ध्यानाकर्षण पनि गराएको छ । 

रोगको उपचार कहाँ र कसलाई गराउने भन्ने विषय सम्वन्धित बिरामी पक्षमा निर्भर रहेपनि उपचार प्रविधि र विशेषज्ञ नेपालमा उपलब्ध छैनन् भनेर गलत जानकारी दिनु उचित नभएको भन्दै अस्पतालले बिरामीलाई सहज र सुलभ शुल्कमा उपचार सेवा दिनु सबैको दायित्व भएको पनि बताएको छ । 

इन्टेरोस्कोपि प्रविधिका निदानात्मक एवम् उपचारात्मक जानकारीः
निदानात्मक फाइदाहरु

♦     कारण पत्ता नलागेको भित्री आन्द्राको रक्तश्राव पत्ता लाग्ने,
♦     क्रोहन्स् डिजिज जस्तो घाउका फोकाहरु÷घाउहरु पत्ता लगाई अनुगमन गर्न सकिने,
♦     खानाबाट प्राप्त पौष्टिक तत्व अवशोषण समस्या पत्ता लगाउन सकिने,
♦     सानो आन्द्रामा रहेका मांशपेशीका डल्लाहरु लगायतका क्यान्सर हुन सक्ने घाउहरुलाई अनुगमन गर्न सकिने ।

उपचारात्मक फाइदाहरुः
♦     आन्द्राको कुनै भागमा  रक्तश्राव भएको ठाँउमा÷घाउमा रक्तश्राव रोक्ने,
♦     इण्डोस्कोपिक पोलिपेक्टोमी (आन्द्राभित्रका मांशापेशीका डल्लाहरु) निकाल्ने, 
♦     आन्द्राको कुनै भाग साँघुरिएको भए त्यसलाई ठूलो पार्ने,
♦     सानो आन्द्रामा कुनै बाह्य पदार्थ (क्याप्सुल इण्डोस्कोपी समेत) अड्किएमा त्यसलाई निकाल्ने,
♦    आन्द्रामा असामान्य रोगका कारण आन्द्रा बन्द हुँदा त्यहाँ स्टेन्ट प्रत्यारोपण गरी खुलाउने,
♦     मुखबाट खान नसक्ने बिरामीमा खाना खुवाइने पाइप जडान गर्न सकिने, आदि ।

Last modified on 2018-05-25 12:57:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts