‘निपा’ भाइरसको उच्च जोखिममा दरबारमार्ग र मकवानपुर 



Download our app to get more features

काठमाडौं, ११ जेठ । हालसालै भारतमा देखिएको ‘निपा’ भाइरसको उच्च जोखिममा नेपाल पनि परेको छ ।

विभिन्न अनुसन्धानले देखाए अनुसार राजधानिको दरबारमार्ग र मकवानपुर जिल्ला ‘निपा’ को उच्च जोखिममा परेका छन् । दरबारमार्गमा चमेरो बसोबास गर्छ भने मकवानपुरको सिलिंगेमा बसोबास गर्ने चेपाङ समुदायले चमेरो खाने गरेका छन् । भारतमा ‘निपा’ भाइरस देखिएको चमेरो र नेपालको चमेरो एउटै भएकाले नेपाल ‘निपा’ भाइरसको उच्च जोखिममा रहेको छ अनुसन्धानकर्ता संस्था सीएमडीएनका कार्यकारी निर्देशक डा. दिवेश कर्मचार्यले बताए । 

इबोला, निपा, एचआईभी बारे अनुसन्धान हुदै 
विगत ६ वर्ष देखि नेपालका चमेरोमा गरिएको निरन्तरको अनुसन्धानले नेपाल पनि ‘निपा’ भाइरसको उच्च जोखिममा रहेको पाइएको हो, उनले भने । तर, अनुसन्धानकर्ताहरुका अनुसार हालसम्म नेपालमा ‘निपा’ भइरस पत्ता लागेको छैन । सो संस्थाले लामो समय देखि नेपालका विभिन्न स्थानमा बसोबास गर्ने चमेरोमा अध्ययन अनुसन्धान गरिरहेको छ । 

‘निपा’ भाइरस मलेसियामा पहिलोपटक सन् १९९८ मा देखिएको थियो । त्यस यता छिमेकी देश भारत र बंगलादेशमा समेत देखिएको छ । भारतमा हालै देखिएको ‘निपा’ भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको छ । डा. कर्मचार्यका अनुसार सिएमडिएनले लामो समय देखि जनावरबाट मानिसमा सर्नसक्ने गम्भीर प्रकारका भाइरस (इबोला, निपा, एचआईभी) जस्ता विषयमा अनुसन्धान गर्दै आएको छ । 

चमेरो खाने र चमेरोले दिसा गरेको स्थानमा बढी घुलमिल भएको खण्डमा ‘निपा’ भाइरस सर्ने गर्छ । कर्मचार्यले चमेरोबाट मानिसमा सर्ने र मानिसबाट महामारीको रुप लिने भएकाले सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । उनले ८ सय चमेरोको नमूना  संकलन गरेर नयाँ भाइरसबारे अनुसन्धान गरिरहेको बताए ।

 

सरकार गंभिर छः निर्देशक सेन्चुरी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदारप्र्रसाद सेन्चुरीले गम्भीर बिरामी भएर उपचार गर्न आए उपचार गर्ने ठाउँ नभएको बताएका छन् । ठाउँ उपलब्ध गराउने विषयमा सरकार गम्भीर भएको छ, हामीले केही चरण छलफल गरेका छौं उनले भने । 

‘निपा’ भाइरस लागेका बिरामीको उपचार वीर अस्पताल र टिचिङ अस्पतालमा सम्भव नहुने पनि सेन्चुरीले बताए । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपाल प्रतिनिधिहरुको हालै बसेको बैठकले शंका लागेका बिरामी आएको खण्डमा तत्काल नमूना विश्व स्वास्थ्य संगठनको सहयोगमा विदेश पठाउने निर्णय भएको छ ।
 

Last modified on 2018-05-26 09:37:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts