‘नियमित औषधि सेवनबाट निको हुन्छ थाइराइड’ 



Download our app to get more features

चितवन, ११ जेठ । नियमित औषधि सेवनले थाइराइड समस्या ठिक हुने चिकित्सकहरूले बताएका छन् । विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जली अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरूले थाइराइडको समस्या नियन्त्रण गर्न सकिने बताएका हुन । 

थाइराइडका बिरामी धर्मराज पौडेललाई औषधि खुवाएर शुरु भएको सो कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक तथा फिजिसियन डा. भोजराज अधिकारीले चेतनाको अभावका कारण अधिकांश बिरामीले थाइराइड बारे जानकारी नै नपाएको बताए ।  स्वास्थ परीक्षणबाट प्रमाणित भएपछि मात्रै थाइराइड भएको जानकारी पाउने गरेको डा अधिकारीको भनाइ छ ।  शरीरमा कुनै असरबिना नै असजिलो महसुस भयो भने स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको उनको भनाइ छ । 

डा. अधिकारीका अनुसार थाइराइडमा प्रत्यक्ष रुपमा तीन चार वटा समस्या देखिन्छ । एउटा थाइराइड ग्रन्थीले निकाल्ने रस कम हुने रोग ‘हाइपो थाइरोडिजम’ हो । अर्काे हर्माेनको मात्रा बढी निस्कने ‘हाइपर थाइरोडिजम’ हो । तेस्रो, थाइराइड हर्मन सुनिने हुन्छ भने चांैथो थाइराइड क्यान्सर हुनसक्छ । 

थाइराइड समस्या महिलामा बढी
स्त्रीरोग विशेषज्ञ डा. हेमनाथ सुवेदीले महिलामा बढी थाइराइड देखिने गरेको उल्लेख गर्दै नियमित औषधि सेवनले बच्चा र आमालाई कुनै पनि असर नगर्ने बताइन । 

बालरोग विशेषज्ञ डा. युवानिधि बस्यौलाले जन्मेदेखिनै बच्चामा यो समस्या देखिन सक्ने बताए । तीन, चार हजार बच्चामध्ये एक, दुई जनामा यो समस्या देखिन सक्ने धारणा उनले व्यक्त गरे । 
‘आमामा समस्या देखिए गर्भको बच्चामा पनि सर्न सक्छ,’ डा बस्यौलाले भने, ‘औषधी नियमित सेवन गरें केही हुन्न, तर, बच्चालाई दुई वर्षसम्म उपचार नगरे सुस्त हुनसक्छ ।’ 

प्राकृतिक चिकित्सक डा. हेमराज कोइरालाले पछिल्लो समयमा थाइराइड समस्या बढ्दो क्रममा रहेको बताए । यसप्रति सचेत रहन यनले सबैमा आग्रह गरे ।  चिकित्सकका अनुसार थाइराइड ग्रन्थीले शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने काम गर्छ । यसले शरीरमा हुने अनावश्यक झोलपदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्ने गर्छ । त्यो हर्मन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ । त्यही नै थाइराइड रोग हो । 

प्रति १० जनाको परीक्षणमा नौजना महिलालाई यो रोग लाग्ने चिकित्सकले बताएका छन् । अनावश्यक रुपमा तौल बढ्ने, आवाजमा धोद्रोपन आउने, गोडा सुनिने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने हुन्छ । कतिपय अवस्थामा नियमित औषधि सेवन गर्दा यो रोग निको हुने र कतिपय अवस्थामा जीवनभर नै औषधि खानुपर्ने हुन्छ । 

चितवनमा गरिएको अध्ययनमा सामान्य मान्छेलाई जचाउँदा १२ प्रतिशतमा थाइराइड देखिएको र सुगरका बिरामीमा चेक गर्दा २४ प्रतिशतमा थाइराइड देखिएको डा. अधिकारीले जानकारी दिए । अस्पतालका अध्यक्ष गौरीश्वर सापकोटाले रोग लाग्नु अगाडि नै उपचार गर्नसके स्वस्थ्य जीवन जिउन सकिने बताए । सो क्रममा अस्पतालमा भएको थाइराइड सम्बन्धीको स्वास्थ्य परीक्षण शिविरमा एक हजार बढीले परीक्षण गराएका थिए ।  रासस

Last modified on 2018-05-25 17:48:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts