ककनीकाे स्वास्थ्य चाैकीमा अाैषधि छैन



Download our app to get more features

त्रिशूली (नुवाकोट), १२ जेठ । ककनी गाउँपालिका–८ स्थित थानसिङ स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । 

जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश गैरेले बताए । इञ्चार्ज गैरैका अनुसार स्वास्थ्यचौकीमा नियमित हुनु पर्ने ११ थरीका औषधि छैन । 

स्वास्थ्यचौकीमा आँखामा राख्ने औषधि सिप्रो, पेट दुखेको बेला खाने ट्याबलेट वुसकोवान, उल्टी रोक्ने मेटोक्लोरोप्रामाइड, एभिल सुई, डाइजिन ट्याबलेट, भिटामिन बी कम्प्लेक्स, कालामाइन लोसनलगायत औषधि नभएको इञ्चार्ज गैरैले जानकारी दिए । 

सामान्य औषधिसमेत स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीमा मारमा परेका छन् । स्वास्थ्य संस्थामा सेवा उपलब्ध नहुँदा यहाँका तीन घण्टाको दूरीमा अवस्थित ककनी प्राथमिक स्वास्थ्यचौकी वा थानसिङको छहरेमा रहेको निजी स्वास्थ्य क्लिनिकमा मानिस धाउन बाध्य भइरहेको स्थानीयबासीले बताएका छन् । 

ककनी गाउँपालिका – ८ का वडाअध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष शेषमान लामाले स्वास्थ्यचौकीलाई सधँै आवश्यक पर्ने र जिल्लाबाट नआउने औषधिको सूची बनाएर किन्नका लागि वडा कार्यालयले पनि पहल गर्ने बताए । उनले सरकारले तोकेका स्वास्थ्यचौकीमा निःशुल्क वितरणको औषधि ३८ थरीको सूचीभन्दा बाहेक स्थानीयबासीको माग धेरै भएका औषधि खरिद गरी निशुल्क वितरण गर्ने तयारी भएको जानकारी दिए ।

रासस
 

Last modified on 2018-05-26 09:32:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts