चितवनमा ६८ जना कुष्ठरोगी, महानगरपालिकामा सबैभन्दा धेरै



Download our app to get more features

जेठ १२, चितवन । चितवनमा ६८ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ अनुसार जिल्लामा सबैभन्दा धेरै कुष्ठरोगी भरतपुर महानगरपालिकामा छन् । 

भरतपुर महानगरपालिकामा मात्रै ३७ जना कुष्टरोगी फेला परेको भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत जिवन कुमार श्रेष्ठले जानकारी दिए । ।उनले कम किटाणु भएका ३६ जना र धेरै किटाणु भएका १ जना बिरामी फेला परेको बताए । 

प्रति १० हजार जनसंख्याको १ जना भन्दा कमलाई कुष्टरोग लागे रोग निवारणतर्फ उन्मूख भएको मानिन्छ,श्रेष्ठले भने, महानगरमा १.१३ प्रतिशत कुष्ठरोगका बिरामी छन् । उनले महानगरका २३ स्वास्थ्य संस्था मध्य १३ वटा स्वास्थ्य संस्थ्यामा कुष्ठरोगका बिरामी फेला परेको बताए । 

कुष्टरोग निवारण गर्न महानगरका २९ बटै वडामा जेठ १४ देखी १८ गतेसम्म ३ सय ५६ जना स्वास्थ्यकर्मी परिचालन गर्न लागेको श्रेष्ठले बताए । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय कुमार झाले कुष्ठरोग औषधिले निको हुने भएपनि समाजमा कुष्ठप्रभावित व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको बताए ।  उनले कुष्ठरोगको कारण परिवारिक झैझगडा हुने भएकोले उनीहरुको पुनस्र्थापनामा राज्यले ध्यान दिनुपर्नेमा समेत जोड दिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts