जिल्ला अस्पताल खोटाङमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर



Download our app to get more features

खोटाङ, १२ । जिल्ला अस्पताल खोटाङमा हिजोदेखि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर शुरु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मनमोहन मेमोरियल अस्पताल काठमाडौंको संयुक्त आयोजनामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर शुरु गरिएको हो । 

दुई प्रदेशसभा सदस्य उषाकला राईले औपचारिक रुपमा उद्घाटन गरेको शिविरमा स्त्री तथा प्रसुति रोग, फेमिली मेडिसिन तथा पेट रोग, सामान्य चिकित्सा, शल्य चिकित्सा, नशा तथा हाडजोर्नी लगायतको उपचार भइरहेको छ । 

दिक्तेलस्थित अस्पताल परिसरमा आयोजना गरिएको शिविर मनमोहन मेमोरियल अस्पतालका निर्देशक डा. धर्मदत्त सुवेदीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की ८० वर्षीया वृद्धा कर्मशरी राईको स्वास्थ्य परीक्षण गरेर शिविर सुचारु गरेका हुन् ।

    
    

Last modified on 2018-05-26 12:40:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts