पहिलो बाल दम तथा एलर्जी सम्मेलन सम्पन्न



Download our app to get more features

काठमाण्डौ, १२ जेठ । कान्ति बाल अस्पताल दम युनिटको आयोजनामा काठमान्डौमा पहिलो बाल दम तथा एलर्जी सम्मेलन सम्पन्न भएको छ ।

अङ्ग्रेजी मे महिनालाई दम जनचेतना महिना मनाउने शिलशिलामा कान्ति बाल अस्पतालले यस महिनाभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । प्रभातफेरि, सुचनामुलक पोस्टर, पम्प्लेट प्रदर्सनी, नर्स तथा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण तालिम आदि कार्यक्रमकै शिलशिलामा आज बाल दम तथा एलर्जी सम्मेलन र कार्यशालाको आयोजना गरिएको थियो ।

सम्मेलनमा देशभरबाट करिव १५० जना चिकित्सकहरुको उपस्थिती थियो भने विभिन्न विषयका बिज्ञहरुले आफ्नो कार्यपत्र र बाल दमको क्षेत्रमा विकास भएका पछिल्लो उपचार पद्धतिहरुबारे जानकारी गराएका थिए । सम्मेलनका आयोजक समिती प्रमुख तथा कान्ति बाल अस्पतालका निर्देशक प्रा. डा. गणेशकुमार राईले बाल दमको एकीकृत उपचार प्रक्रियाको निम्ति सबै चिकित्सकहरु हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आवश्यक्त औंल्याए ।
सम्मेलनको अन्त्यमा दमको पहिचान गर्ने विधि स्पाइरोमेट्री, स्किन प्रीक टेस्ट आदिको बारेमा कार्यशाला पनि भएको थियो 

Last modified on 2018-05-27 09:25:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts