गोकर्णेश्वरको वडा नं ६ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न   



Download our app to get more features

काठमाण्डौ, १२ जेठ । नेपाल क्यान्सर हस्पिटल र नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा शनिवार राजधानीमा एक दिने निशुल्क स्वास्थ्य शिविर आयोेजना गरिएको छ । 

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित चामुण्डा पार्टी प्यालेसमा आयोजित शिविरमा महिलामा बढी हुने स्तन तथा पाठेघरको मुखमा हुने क्यान्सरको निशुल्क परीक्षण गरिएको थियो । शिविरमा ४ सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा लक्ष्मी नारायण महिला समूहको आयोजनामा भएको शिविरमा कोइराला मेडिकल हलको तर्फबाट निशुल्क औषधि वितरण गरिएको थियो । 

शिविरको उद्घाटन पूर्व मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले गरिन् । महामारीको रुप लिइरहेको क्यान्सर रोग विरुद्ध यस्ता शिविरहरु निरन्तर आयोजना गर्नुपर्ने बस्नेतले बताइन् । सांसद सरिता न्यौपानेले स्थानीय स्तरमा प्रभावकारी जनचेतना सिर्जना गर्न शिविरहरु महत्वपूर्ण हुने धारणा राखिन् । सो अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले आउँदा दिनमा पनि शिविर आयोजना गरिने बताए । शिविरमा स्थानीय कोइराला मेडिकल हलले प्राविधिक सहयोग गरेको थियो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts