दाङमा झाडापखाला नियन्त्रणका लागि काठमाण्डौबाट टोली गयो



Download our app to get more features

काठमाडौं,१३ जेठ । दाङमा फैलिएको झाडापखाला नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट एकटोली आज बिहानै त्यसतर्फ लागेको छ । महाशाखाका निर्देशक डा. केदार सेन्चुरीका अनुसार ल्याब टेस्टका सामान, क्लोरिन चक्की लगायत उपचार साम्रगी लिएर जनस्वास्थ्य अधिकृतसहितको टोली दाङतर्फ प्रस्थान गरेको हो ।

झाडापखालाको औषधि दाङमा नै प्रशस्त मौज्दात रहेको तथा डाक्टरहरु उता नै पर्याप्त भएकाले काठमाडौंबाट गएको टोलीमा औषधि र डाक्टर समावेश छैनन् । निर्देशक डा. सेन्चुरीका अनुुसार बिहानसम्मको तथ्यांकमा ५ सय जना झाडापखालाबाट प्रभावित भएका छन् ।

ती मध्ये १ सय ७५ जनाको शान्तिनगर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने ३२ जनाको जिल्ला अस्पताल दाङमा उपचार भएकोमा धेरैजसो घर फर्कीसकेका छन् । बाँकी पनि घर फर्कने क्रममा रहेका छन् । उनका अनुसार झाडापखाला प्रभावित अन्यको अवस्था सामान्य रहेको र १ जना गम्भीर बिरामीलाई तुलसीपुरस्थित राप्ती उपक्षेत्रिय अस्पतालमा रिफर गरी उपचार भइरहेको छ ।

Last modified on 2018-05-28 16:11:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts