मेकअप गर्दा यी ४ गल्ती कहिल्यै नगर्नुस् 



Download our app to get more features

सुन्दर देखिने चाहना कसको हुँदैन र ? प्रायः सबै मानिसहरु आफुलाई सुन्दर र आकर्षक देखाउन चाहन्छन् । 

तर विशेष गरि युवतीहरु सौन्दर्यतामा बढि नै ध्यान दिन्छन् । जसका लागि मेकअप गर्ने, विभिन्न किसिमका क्रिमहरु आफ्नो त्वचामा लगाउने गर्छन् । 
तर ध्यान दिनुपर्ने कुरा के हो भने मेकअप ठीक तरिकाले गरिएमात्र तपाईको सौन्दर्यता झल्किन्छ । मेकअपका दौरान केही गल्ती भएमा त्यसले तपाईको अनुहारलाई नै राम्रो भन्दा झनै नराम्रो बनाइदिन पनि सक्छ । 
त्यसैले मेकअप गर्दा स–साना गल्तीहरुबाट पनि बच्नुपर्छ । मेकअप गर्दा हुने केही गल्तीहरु यस प्रकारका छन् :

१. सवपर्थम त मेकअप गर्दा आफ्नो छालालाई तयार नगर्नु हो । यसका लागि आफ्नो अनुहारलाई क्लीजिङ्ग, टोनिंग र मोस्चराइजिङग गर्न जरुरी छ ।
२. आफुलाई सुहाउँदो सहि रंङ(कलर) छनौट गर्न नसक्दा अर्को गल्ती हुन जान्छ । त्यसैले जानी राख्नुपर्ने कुरा के हो भने रंङ छनौट गर्दा न त धेरै डार्क होस न त लाइट, त्यसरी छान्नुपर्छ । 

३. मौसम अनुसार आफ्नो मेकअपलाई परिवर्तन नगर्नु पनि मेकअपका क्रममा गरिन अर्को गल्ती हो । जब की हरेक मौसममा एकै किसिमका मेकअप प्रयोग गर्नुहुँदैन । 

४. आँखामा अथवा आइब्रोमा गलत ढँगबाट मेकअप गर्ने गल्ती पनि धेरैजनामा भेटिन्छ । आइब्रोमा अत्यधिक मेकअप गर्नाले तपाईको सौन्दर्यतालाई नै बिगार्न सक्छ । 

(ब्युटिसियन सरिता शर्मासँगको कुराकानीमा आधारित)
 

Last modified on 2018-05-28 11:06:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts