मानसिक रोगीको मिर्गौला झिकेर आफुमा प्रत्यारोपण गर्ने पक्राऊ



Download our app to get more features

भक्तपुर, १४ जेठ । मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकलाई प्रलोभनमा पारी मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एकजनालाई महानगरीय प्रहरी परिषर भक्तपुरले हिजो पक्राऊ गरेको छ । 

प्रहरीले मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थायी घर भई हाल भक्तपुर नगरपालिका १ मा डेरागरि बस्ने वर्ष ५१ को थर्कबहादुर बस्नेतलाई पक्राऊ गरेको प्रहरी परिषर भक्तपुर प्रहरीले जनाएको छ ।गतवैशाख १० गते भक्तपुर स्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साविक टुकुचा गा.वि.स. वडा नं. ९ घरभई हाल बनेपा न.पा. २ बस्ने बर्ष २९ को कुमार गिरीलाई झुक्याएर मिर्गौला निकाली अभियुक्त बस्नेतलाई प्रत्यारोपण गरिएको प्रहरीको भनाई छ ।

मिर्गौला प्रत्यारोपण गर्दा आफन्त भित्रको पनि नाताप्रमाणित लगायतको कागजपत्र पेश गर्नुपर्नेमा मिर्गौला चोरी निकासी गर्ने गिरोहले नक्कली कागजपत्र पेश गरी मिर्गौला झिकेको प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ । 
 

Last modified on 2018-05-28 11:40:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts