विश्व धुम्रपान रहित दिवस

धुम्रपान गर्दै हुनुहुन्छ ? यसकारण छाड्नुस चुरोट !

वर्षेनी ७० लाख भन्दा बढिको मृत्यु



Download our app to get more features

आज मे ३१, अर्थात विश्व धुम्रपान रहित दिवस । “सूर्तीजन्य पदार्थले मुटुलाई क्षति पुर्याउँछ, स्वास्थ्य रोजौं सूर्तीजन्य पदार्थ होइन” भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ । धुम्रपानले हाम्रो स्वास्थ्यलाई गर्ने हानी थाहा हुँदाहुँदै पनि हामी यसको लतमा फसिरहेका हुन्छौं । धुम्रपान गर्नाले आफुलाई मात्र अस्वस्थ बनाउदैन, आफु वरिपरिका परिवार, साथिभाईको स्वास्थ्यमा पनि धेरै मात्रामा नकारात्मक असर पारिरहेको हुन्छ ।

धुम्रपानबारे केहि रोचक तर कटु तथ्यहरुः

  • धुम्रपानबाट विश्वमा वर्षेनी ७० लाख भन्दा बढी मानिसहरुले अकालमा जीवन गुमाइरहेका छन् । सन् २०३० सम्म यो संख्या बढेर १ करोड पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । 
  • धुम्रपानबाट मृत्यु हुनेमध्ये १७ प्रतिशतले अरुले गरेको धुम्रपानको असरबाट हुने हानीले ज्यान गुमाइरहेका छन् ।
  • धुम्रपानमा ४ हजार रासायनिक पदार्थ रहेका हुन्छन, जसमध्ये २ सय ५० ओटा हानीकारक हुन्छन् र ५० वटाले क्यान्सर गराउँदछ ।
  • लामो समयसम्म धुम्रपान गर्नेहरु नगर्नेहरुभन्दा औसतमा १० वर्ष छिटो ज्यान गुमाउँछन ।
  • धुम्रपानले हाम्रो शरीरका लगभग सबै अंग र शरीर सञ्चालनका सबै प्रणालीलाई असर गरिरहेका हुन्छन् ।

धुम्रपानबाट हुने हानीहरु :

फोक्सोको क्यान्सर– फोक्सोको क्यान्सर भएका १० जनामध्ये ९ जनाले धुम्रपान गरेका हुन्छन् ।
क्रोनिक अबस्ट्रक्टिभ पल्मनरी डिजिज हुने १० जनामध्ये ८ जनाले धुम्रपान सेवन गरेका हुन्छन् ।
धुम्रपानले क्षयरोग लाग्ने सम्भावनालाई बढाउने गर्दछ ।
दमका रोगीहरुमा धुम्रपानले रोग चाँडो बल्झाउने गरिरहेको हुन्छ ।
धुम्रपानले बालबालिकामा फोक्सोको विकासक्रमलाई असर गर्ने गर्दछ ।
क्यान्सर : धुम्रपानले फोक्सोको साथसाथै मुख, पेट, आन्द्रा, मुत्रथैली, प्यान्क्रियाज आदि विभिन्न अंगको क्यान्सर लाग्नमा भूमिका खेलिरहेको हुन्छ ।

मधुमेह : धुम्रपान गर्नेहरुलाई मधुमेह लाग्ने सम्भावना धुम्रपान नगर्नेहरुलाई भन्दा बढि हुन्छ ।
मुटुरोग : धुम्रपान गर्नेलाई उच्च रक्तचाप, हृदयघात, पक्षघातको सम्भावाना अत्याधिक बढ्ने गर्दछ ।
गर्भवती : गर्भवती महिलाले धुम्रपान सेवन गर्नाले गर्भमा रहेको बच्चाको विकासमा नकारात्मक असर पर्न गइ बच्चाको गर्भमै मृत्यु समेत हुन सक्दछ ।

बाँझोपन : धुम्रपानले गर्दा पुरुष तथा महिलामा बाँझोपनको समयसा पनि देखिन सक्छ ।

धुम्रपान छोड्ने निर्णयको लागि सबैभन्दा पहिले चाहिने आफ्नो आत्मविश्वास हो । दृढ अठोट र आत्मविश्वासका साथ आवश्यक परेमा मनोचिकित्सकको परामर्श पनि लिन सकिन्छ । आफू र आफू वरपरको समाजलाई पनि अस्वस्थ बनाउने धुम्रपान छोडी आजैदेखि स्वस्थ जीवन जीउने प्रण गर्ने कि ? 

(तथ्यांकहरु विश्व स्वास्थ्य संगठन र सेन्टर फर डिजिज कन्ट्रोलको वेबसाइटबाट लिइएका हुन् )
 

Last modified on 2018-05-31 09:50:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts