धूमपान रहित दिवसमा नेपाल अर्बुद रोग निवारण संस्थाको बृहत प्रभातफेरी (फोटो फिचर)



Download our app to get more features

काठमाण्डौ । विश्व धूमपान रहित दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले बृहत र्याली तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । 

राजधानीको भृकुटिमण्डपबाट बिहान र्याली सहित सुरु भएको कार्यक्रममा सयौं मानिस सहभागी भए । धूमपानलाई निरुत्साहित गर्ने व्यानर तथा प्लेकार्ड बोकेकाहरुको प्रभातफेरी भृकुटिमण्डप, सुन्धारा, जमल, रत्नपार्क हुँदै भृकुटिमण्डपमा आएर सभामा परिणत भएको थियो । सभामा नेपाल अर्बुदरोग निवारण संस्थाका केन्द्रिय तथा विभिन्न शाखाका कार्यकर्ताहरु सहभागी भएका थिए । कार्यक्रममा अर्बुद रोग निवारण संस्थाले धूमपान विरुद्ध गराएको कविता, चित्रकला र वत्तृत्वकलाका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । 

धूमपान र मुटुरोग भन्ने नाराका साथ मनाइँदै गरेको दिवसको अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा. मृगेन्द्रराज पाण्डेले मुटु जोगाउने पहिलो शर्त धुमपान त्याग्नु भएको बताए । सरकारले सूर्तिजन्य पदार्थमा कर बढाउने कुरा बजेटमा राखेको भन्दै उनले खुशी व्यक्त गरे ।

नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ (ईश्वर)ले धुमपानरहित समाज निर्माण संस्थाको अन्तिम लक्ष्य भएको बताए । उनले सूर्तिजन्य पदार्थको प्रयोग र बेचविखन न्यूनिकरण गर्न आफ्नो संस्थाले अनवरत पैरवी गर्दै आएको र त्यसलाई जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । 

प्रभातफेरी कार्यक्रमका केही तस्विर यस्ता छन् । 

Last modified on 2018-05-31 17:35:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts