विश्व धुम्रपानरहित दिवस

नेपालका महिला विश्वकै सबैभन्दा बढी धुम्रपान गर्ने महिलाको सूचिमा 

धुम्रपानका कारण नेपालमा वर्षेनी १५ हजार मानिसको मृत्यु



Download our app to get more features

काठमाडौं,१७ जेठ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब १.३ बिलियन मािनसहरुले सूर्तीजन्य पदार्थ सेवन गर्दछन् जसमध्ये  ८४ प्रतिशत विकासोन्मुख र अल्पविकसित देशका मानिस पर्दछन् । धनी, गरिब, शिक्षित, अशिक्षित सबै वर्गका मानिसहरु अम्मली भएतापनि गरिब वर्गमा धुम्रपानको कुलत अर्थात अम्मल धेरै रहेको पाइन्छ ।

 यसको फलस्वरुप गरिब देशका जनता आफैंले आफ्ना गरिबीको ढोका खुल्ला गरेको भान हुन आउँछ । सूर्तीजजन्य  पदार्थको सेवनबाट वर्षेनी ५० लाख  मानिसहरुको मृत्यु हुने गर्दछ । यो अवस्थामा सुधार नभएका सन २०२० सम्ममा वर्षेनी १ करोड मानिसहरुको मृत्यु सूर्तीजन्य पदार्थको सेवनबाट हुने तथ्याँक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ जसमध्ये करिब ७० प्रतिशत मृत्यु विकासोन्मुख देशहरुमा हुनेछ । 

नेपालमा १५ वर्ष र सोभन्दा माथि उमेरका ३७.४ प्रतिशत जनता विभिन्न किशिमका  धूमपानका अम्मली रहेको कुरा सन २००० को तथ्याँकले देखाएको छ जसमा ४७.४ प्रतिशत पुरुष र २७.६ प्रतिशत महिला रहेका छन् । भौगोलिक क्षेत्रको आधारमा हेर्दा हिमाली क्षेत्रमा ५९.३४ र पुरुष ५४.९ प्रतिशत महिला, पहाडी क्षेत्रमा ४७.९ पुरुष,३०.३ प्रतिशत महिला र तराई क्षेत्रमा  ४६.८ पुरष र २३.६ प्रतिशत महिला धूमपानका अम्मलीहरु रहेको पाइएको छ ।

पुरुष र महिलाहरुको धूमपान सेवनको तुलनात्मक अध्यन गर्दा शहरमा पुरुषहरुमा र गाउँमा महिलाहरुमा  धूमपान प्रवृती धेरै रहेको छ । नेपालका महिलाहरु विश्वकै सबैभन्दा बढि धूमपान गर्ने महिलाहरुमा पर्दछन् । धूमपान सेवनको कारणले नेपालमा वर्षेनी १५ हजार मानिसहरुको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।

शिक्षाको आधारमा हेर्दा अशिक्षित जनताहरु ४५.८ प्रतिशत र शिक्षित जनताहरु २२.३ प्रतिशत धूमपानको अम्मली रहेको पाइएको छ । अशिक्षित महिलाहरुमध्ये ३८. ६ प्रतिशत धुमपान सेवन गर्छन् भने शिक्षित महिलाहरुमध्ये ७.५ प्रतिशतले मात्र धूमपान गर्छन् ।  यी तथ्याँकहरुलाई हेर्दा धुमपान नेपालमा पुरुष र महिलाहरुबीच एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको देखिन्छ ।
स्रोत– (राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्र)
 

Last modified on 2018-07-13 18:46:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts