रुपा गाउँपालिकाका पाँच स्वास्थ्य चौकीमा प्रयोगशाला



Download our app to get more features

पोखरा, १७ जेठ । कास्की जिल्लामा क्षेत्रफलको हिसाबले सबै भन्दा सानो एवं सुन्दर रुपागाउँपालिकामा सञ्चालित पाँच वटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएकोछ । 

स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै कुनैपनि रोगको पहिचानका लागि एक दिन लगाएर पोखरा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । 

सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने अभियान अन्तर्गत सञ्चालन गरिएको प्रयोगशालामा रगत, दिसापिसाब, खकारलगायतका विभिन्न २० प्रकारका रोगको परीक्षण गरिने गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाको १९ लाख र अमेरिकामा रहेका नेपालीको संस्था इन्पावर नेपाल फाउण्डेशनको ६ लाख गरी कूल २५ लाखको लागतमा प्रयोगशाला स्थापना गरिएको हो । 

गाउँपालिकाको देउराली र रुपाकोट स्वास्थ्यचौकीमा प्रयोगशालाबाट स्थानीयले बुधबारदेखि सेवा प्राप्त गरेको बताए । उनले भने ‘बाँकी तीन वटा स्वास्थ्यचौकीमा समेत असार मसान्तसम्ममा सेवा सञ्चालन गरिने जानकारी दिए ।’  
गाउँपालिकाका प्रमुख ओझा भने ‘पहिलो चरणमा गाउँपालिकाको आन्तरिक स्रोतबाट प्रत्येक स्वास्थ्य चौकीमा एक÷ एक जना ल्याब असिस्टेनको समेत व्यवस्था गरिएको छ ।’ 
पूर्व स्वास्थ्यमन्त्री एवं संघीय सांसद खगराज अधिकारीले गाउँपालिकाको केन्द्र भिरचोकस्थित रुपा स्वास्थ्यचौकीमा स्थापना गरिएको प्रयोगशालाको एक कार्यक्रमकाबीच बुधबार उद्घाटन गरे । रासस

Last modified on 2018-05-31 16:36:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts