वीरको नाममा बिना अनुमति रकम संकलन गरेपछि धुर्मुस तानिए विवादमा



Download our app to get more features

काठमाण्डौ । बैशाख तेश्रो सातादेखि सुरु भएको वीर अस्पताल सफाई अभियानलाई लिएर विवाद उत्पन्न भएको छ । 
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको घोषणा अनुरुप स्वास्थ्य मन्त्रालय र चर्चित क्लिनर खेम क्लिनिङ्सबीचको सम्झौता अनुरुप सुरु भएको सफाई अभियान कलाकार सीताराम कट्टेलले सोही अभियानका लागि भन्दै रकम संकलन गर्न थालेपछि विवादमा तानिएको हो । 

सुरुमा स्वास्थ्य मन्त्रालयले आफ्नै खर्चमा वीर अस्पताल १५ दिनमा सफा गर्ने र त्यसपछि क्रमशः अन्य अस्पताल सफ ागर्ने भनेर सफाइ अभियान सुरु भएको थियो । जसको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले उद्घाटन गरेकी थिइन् । तर, यस विषयमा तब विवाद उत्पन्न भयो जब अस्पताल सफाई अभियानमा सीमित नभएर रंगरोगन पनि गर्ने अभियान धुर्मुसले सुरु गरे । नेपाल सरकारको सफाई दूत भएका नाताले अभियानमा संलग्न गराइएका धुर्मुसले केहीदिन यता अस्पतालमा रंग लगाउन पैसा नपुगेको भन्दै सार्वजानिक रुपमा रकम संकलन सुरु गरे । उनले अभियान थालेयता उनको धुर्मुस सुन्तली फाउण्डेशनमा करिब १५ लाख रुपैयाँ सहयोग संकलन भैसकेको छ । 

एकातिर वीर अस्पतालका निर्देशक ले सरकारकै पैसाले वीर सफाई भैरहेको बताइरहँदा धुर्मुसले भने पैसा संकलन गरेका हुन् । अभियानका नाममा उनले हालसम्म १४ लाख ६४ जार ८ सय ३५ रुपैयाँ रकम उठाएको उनी स्वयंले बताएका छन् । तर, उक्त रकम वीर अस्पतालमा नगई फाउण्डेशनमा गएको छ । सफाईका नाममा हाल सम्म ४८ लाख रुपैयाँ खर्च भएको वीर अस्पतालमा बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा धुर्मुसले जानकारी दिए । 

सो कार्यक्रममा पत्रकारहरुले धुर्मुसलाई के आधारमा पैसा उठाइएको भन्दै प्रश्न गरे । उनीहरुले अस्पतालमा सयजना भन्दा बढि सफाई कर्मचारी हुँदाहुँदै सार्वजानिक सरकारी संस्था सफाइ गर्न हारगुहार गर्ने ? भन्दै प्रश्न गरे । उनीहरुले धुर्मुसलाई वीर सफाई अभियानका लागि चन्दा संकलन गर्न स्वास्थ्य मन्त्रालयसँग सहमति भएको छ ? भनेर प्रश्न सोधे । 

पत्रकारलाई प्रतिक्रिया दिँदै धुर्मुसले आफुले संकलन गरेको सबै पैसा पारदर्शी रुपमा सार्वजानिक गरेको र बाँकी अपुग पैसा स्वास्थ्य मन्त्रालयले भुक्तान गर्ने सहमति भएको दावी गरे । उनले भने ‘मेरो कुनै गलत उद्देश्य छैन अस्पताल सफाई गर्ने र सकरात्मक सन्देश प्रवाह गर्नुमात्र हो ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले अस्पताल सफाई अभियानमा केही विवाद उत्पन्न भएपनि समाधान गर्दै देशभरका अस्पतालमा विस्तार गर्ने बताइन् । उनले अस्पताल सफाई गर्न मन्त्रालयनै सक्षम रहेकाले चन्दा उठाउन जरुरी नभएको बताइन् ।  

फोटो फिचर हेर्नुहोस्:

 

Last modified on 2018-06-01 16:55:16

1 Comments

  1. तोरी हरु आफु पनि काम गर्दैनन् अरु लाई पनि काम गर्न दिदैनन् यो पत्रकार को बुद्धी पनि


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts