इनर्जी ड्रिंक पिउँदै हुनुहुन्छ, निम्त्याउँछ यस्ता खतरा !



Download our app to get more features

तपाईँ इनर्जी ड्रिंक कतिको पिउनु हुन्छ ? शरीरलाई शक्ति प्रदान गर्नका लागि बजारमा विभिन्न किसिमका इनर्जी ड्रिंकहरु पाइन्छ ।

अझ अहिले त गर्मीको समय पनि हो, आफूलाई गर्मीबाट जोगाउन र शरीरलाई आवश्यक पर्ने शक्तिका लागि पनि हामी इनर्जी ड्रिंक पिउने गर्छौँ । इनर्जी ड्रिंकको विभिन्न आकर्षक ट्यागलाईनले हामीलाई आफूतिर तानिरहेको हुन्छ र हामीले आफूलाई मन परेको ब्राण्ड र स्वाद अनुसार इनर्जी ड्रिंक पिउने पनि गरेका छौँ ।

तर, आफ्नो आकर्षक र लोभलाग्दो ट्यागलाईनको माध्यमबाट आकर्षित गर्ने ती इनर्जी ड्रिंकका कम्पनीहरुले हामीलाई त्यसको बारेमा कति सम्मको सत्यतथ्य बताउँछ त्यसतर्फ हामी मध्ये कसैको ध्यान जादैँन । आखिर इनर्जी ड्रिंक पिउनाले के हुन्छ त ? इनर्जी ड्रिंक पिउनाले हामीलाई शक्ति प्रदान मात्रै हुन्छ या त्यसको अन्य कुनै पक्ष पनि छ जो हामीलाई थाहा छैन ।

इनर्जी ड्रिंक पिउने बानीले तपाईँले आफूलाई कति सम्मको रोगी बनाइराख्नु भएको छ त्यसबारे तपाईँलाई थाहा छैन । त्यसैले इनर्जी ड्रिंक पिउनाले कस्ता समस्या निम्तिन्छ भन्ने जानकारी तपाईँलाई दिदैँछौ । 

इनर्जी ड्रिंक पिउनाले तपाईँमा शक्ति त आउँछ तर त्यसको सेवनले तपाईँको शरीरको सबैभन्दा महत्वपूर्ण अंग नै काम गर्न नसक्ने अवस्थामा पुग्दै गरेको भन्ने थाहा हुन्न । इनर्जी ड्रिंक पिउनाले केहि समयका लागि तपाईँमा उर्जा प्रदान भएपनि त्यसले विस्तारै तपाईँको निद्रा हराउँदै जाने र मन असान्त हुनुका साथै डर अनुभव हुन थाल्छ । 

अहिले बजारमा पाइने अनेक किसिमका इनर्जी ड्रिंकले विशेषगरी युवाहरुलाई बढी आकर्षित गरेको पाइन्छ । त्यसमा पनि जो खेलाडी छन्, विद्यालय र कलेज जाने विद्यार्थी छन् उनीहरुले दैनिकी नै बनाएका हुन्छन् इनर्जी ड्रिंक पिउने । अमेरिकाको ‘केमिकलकिन’ केमिलो जोस सेला यूनिभर्सिटी’ ले एथलीन्टोमाथि एनर्जी ड्रिंकको राम्रो र नराम्रो प्रभावको बारेमा अध्ययन गरेको छ, जसमा नराम्रो  प्रभाव धेरै र जुन राम्रो प्रभाव हुन्छ त्योपनि थोरै समयका लागि हुने गरेको बताइएको छ । 

विशेषज्ञहरुका अनुसार, हाई इनर्जी ड्रिंकको एउटा क्यानमा अमूमन १३ चम्मच चिनी र दुई कप कफी जतिको कैफिन हुन्छ । यो मात्राले तपाईँ आफैँले अनुमान लगाउन सक्नु हुन्छ कि एक पटकमा यति धेरै क्यालोरी र कैफिन मानव शरीर र दिमागका लागि कतिको हानिकारक हुन्छ वा खतरा उत्पन्न गर्न सक्छ भनेर । जबकी कुनै कुनै बेला त मानिसले एक दिनमा ३ देखि ४ क्यान सम्म इनर्जी ड्रिंक पिउने गर्छन् । यसमा लगभग ६ सय ४० मिग्रा कैफिनको मात्रा हुन्छ, जबकि एक वयस्कले पनि एक दिनमा  मात्र ४ सय मिग्रा कैफिन लिन सक्छ । यस्ता इनर्जी ड्रिंकका कारणले बच्चाहरुमा चिड़चिड़ापन बढी रहेको छ ।

इंग्ल्याण्डमा एसोसिएशन अफ स्कूल एंन्ड कलेज लीडर्सका जनरल सेक्रेटरी ब्रायन भन्छन्, ‘स्कूलमा धेरै यस्ता बच्चाहरु आउँछन्   जुसले आफ्नो दिनको सुरुवात खाजाको साटो इनर्जी ड्रिंक पिएर गर्ने गर्छन् । यस्ता बच्चाहरुको व्यवहारमा चिड़चिड़ापन सजिलै देख्न सकिन्छ । यति सम्म हुने गर्छ कि बच्चाहरुको ध्यान केन्द्रित वा एकाग्र गर्ने क्षमता पनि कम हुँदै जान्छ जसले गर्दा उनीहरुमा पढाई र अन्य कुनैपनि काममा मन लाग्दैन ।’ सन् २०११ मा अमेरिकामा भएको इनर्जी ड्रिंकसँग सम्बन्धित एक सर्वेक्षणका अनुसार अत्यधिक मात्रामा कैफिन सेवन गर्नाले मुटु सम्बन्धि विभिन्न किसिमका समस्या आउनाको साथै कहिलेकाही त मृत्यु नै हुने गरेको पनि पाइन्छ ।

यदि तपाई यस्ता ड्रिंकलाई सफ्ट ड्रिंक मान्नु हुन्छ भने बेलैमा सचेत हुुनुु्स् तपाईँ गलत सोचि रहनु भएको छ । इनर्जी ड्रिंकमा मिसाइएको कैफिनले सिधै दिमागमा असर गर्छ, त्यसैले त्यस्ता भ्रामक विज्ञापनको लोभमा नपरि यस्ता ड्रिंक पिउनुबाट बच्चाहरुलाई सचेत गराउनु पर्छ । इनर्जी ड्रिंकलाई हेल्दी ड्रिंकको विकल्प कहिल्यै बनाउनु हुन्न र यस्ता ड्रिंकलाई आप्mनो बानी बनाउनु पर्छ । यस्ता इनर्जी ड्रिंकको साटो ताजा फल वा फलको जूस पिउनु उत्तम हुन्छ । (एजेन्सीको सहयोगमा)

 

Last modified on 2018-06-01 16:55:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts