रुपन्देहीमा प्रदेश स्तरीय स्वास्थ्य शिविर



Download our app to get more features

रुपन्देही, १८ जेठ ।  रुपन्देहीको दुर्गम मर्चवारमा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा  दुईहजार ११ जना बिरामीको स्वास्थ्य परीक्षण भएको छ ।

ति मध्ये ११ सय १४ जना महिला र ८ सय ९७ पुरुष रहेको छन् । एक दिने भएपनि  बिरामीको चाप बढी भएको कारण दुई दिन थप गराई उपचार गरिएको  स्वास्थ्यमहाशाखा प्रमुख डा. उमासंकर प्रसाद चौधरीले बताए ।

डा. चौधरीका अनुसार  शिविरमा आएकाहरु मध्ये धेरैमा छाला तथा  पेटको रोग रहेको थियो । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको शिबिरमा बिषशज्ञ सहित  स्वास्थ्यटोलीले सेवा दिएको थियो । 

प्रदेस स्तरीय शिविरमा नाक,कान, छाल, पेट, मुट,मिर्गौला,आँखा,दाँत लगायत शिेषज्ञसहितको टोली शिबिरमा संग्लन रहेको थियो ।  

Last modified on 2018-06-01 10:45:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts