कान्तिपुर डेन्टलद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना



Download our app to get more features

काठमाडौं, १८ जेठ । कान्तिपुर डेन्टल कलेजले निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । विश्व धुम्रपानरहित दिवसको अवसरमा कलेजले गोगंबुको मनोहर स्कूलमा मुख तथा दन्त परीक्षण शिविर सञ्चालन गरेको हो । 

शिविरमा विद्यालयका १ देखि कक्षा १० सम्म अध्यनरत करिब ७ सय विद्यार्थीको मुख तथा दाँत परीक्षण गरेको कलेजले जनाएको छ । कलेजका बीडीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले सुर्तीजन्य पदार्थ र युवाको स्वास्थ्यमा पार्ने असर सम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।

डा. सुजिता श्रेष्ठको नेतृत्वमा भएको सो कार्यक्रममा धुम्रपानले फोक्सोमा मात्र नभई मुटुमा पनि असर पार्ने तथा यसका अन्य स्वास्थ्य समस्या बारेमा विद्यार्थीमा सचेतना फैलाइएको थियो ।

Last modified on 2018-06-01 16:22:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts