उपेन्द्र यादव स्वास्थ्यसँगै उपप्रधानमन्त्री



Download our app to get more features

काठमाण्डौ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्रीको पनि जिम्मेवारी पाएका छन् । 

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई उपप्रधान सहित तेश्रो वरियतामा राखिएको छ । उनीसँगै रक्षामन्त्री इश्वर पोखरेललाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। उनी मन्त्रीपरिषद्को दोश्रो वरियतामा छन् । 

मन्त्रि नियुक्त भएपनि वरियता नमिल्दा दिउसो अवेरसम्म पनि सपथग्रहण हुन सकेको थिएन । उनले उपप्रधानसहित दोश्रो वरियता मागेपनि तेश्रो वरियतासँगै उपप्रधानमन्त्री बनाइएका हुन् । यादव यसअघि पनि उपप्रधानमन्त्री मन्त्री बनिसकेका छन् । 

Last modified on 2018-06-02 07:39:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts