४ स्वास्थ्यचौकी पुरस्कृत



Download our app to get more features

इलाम, १९ जेठ । सन २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्यचौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले हिजो पुरस्कृत गरेको छ । 

पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्यचौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र जोगमाई स्वास्थ्यचौकी छन् । तिनलाई रु २० हजारका दरले पुरस्कार र सम्मानपत्र दिइयो । 

सन् २०१७ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा फाउण्डेशनका कार्यक्रम व्यवस्थापक अजित योञ्जन, उपनिर्देशक योगेन्द्र गिरी र जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाईंले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो । 

सन् २०१५ देखि हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गरेर अपांगता रोकथाम तथा पुनःस्थापना र सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताउनुभयो । यसअघि सन् २०१६ मा उत्कृष्ट कार्य गर्ने आमचोक, चमैता, इरौँटार र जमुना स्वास्थ्यचौकीलाई समेत पुरस्कृत गरिएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts