स्वास्थ्यमन्त्री यादवलाई स्वागत गर्न मन्त्रालयमा भीड, १३ तस्बिरमा हेर्नुहोस्



Download our app to get more features

काठमाण्डौ । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शुक्रवार साँझ अबेर मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

अपरान्हमा सपथ ग्रहण गरेर लगत्तै पदभार ग्रहण गर्ने भनिएपनि मन्त्रिपरिषद्को वरियताक्रममा कुरा मिल्न समय लाग्दा ३ बजे भनिएको सपथग्रहण साँझ ७ बजेमात्र भएको थियो । सपथ ढिला भएसँगै मन्त्री यादवलाई स्वागत गर्न मन्त्रालयमा जम्मा भएका कर्मचारी तथा उनका कार्यकर्ता लामो पर्खाइमा परेका थिए । 

उनीहरु मन्त्रीलाई स्वागत तथा बधाई दिनका लागि साँझ पाँचबजेदेखि नै मन्त्रालयमा जम्मा भएका थिए । तर, उनीहरुको पखाई तीनघण्टाको भयो ।

हेरौं मन्त्री यादवको स्वागत र पदभार ग्रहण गर्दाका तस्विर

तस्बीरः उद्धवराज भेटुवाल

Last modified on 2018-06-03 06:28:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts