अनियमितताको आसंकामा वीर अस्पतालमा अख्तियार र सतर्कता केन्द्रले थाले छानविन



Download our app to get more features

काठमाडौं, २० जेठ ।  वीर अस्पतालमा करोडौंको अनियमितता भएको उजुरीका परेपछि अख्तियार दुरुपयोग अनुशन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको छ । तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको पालामा अस्पताल सुधारका लागि भन्दै सरकारले दिएको दुई अर्बको खोजीबाट छानविन सुरु भएको छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल र ट्रमा सेन्टरमा भएका भ्रष्टाचार र अनियमितताको प्रमाणसहित अख्तियार, सतर्कता केन्द्र र प्रधानमन्त्रीको कार्यालयमा उजुरी परेको स्रोतको भनाइ छ । साथै, महालेखा परीक्षकको प्रतिवेदनले समेत वीर अस्पतालमा ठूलो अनियमितता देखाएपछि अनुसन्धान अघि बढाएको स्रोतको भनाइ छ । 
उजुरीमा अस्पताल प्रशासनले औषधि तथा उपकरण खरिद, कर्मचारी भर्ना, अस्थाइ कर्मचारीको म्याद थप, अस्पताल परिसरमा सञ्चालित पसलहरुसँग समेत अनियमित रुपमा पैसा लिने गरेको उल्लेख छ । एउटा उजुरीमा त क्यान्सर उपचारमा आवश्यक पर्ने एउटै मेशिनमा अस्पताल प्रशासनले ५ करोड अनियमितता गरेको आरोप छ । 

Last modified on 2018-06-04 06:10:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts