नेपाल क्यान्सर अस्पताल दोस्रो वर्षमा प्रवेश



Download our app to get more features

काठमाडौं २० जेठ । ललितपुरको हरिसिद्धस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आज स्थापनाको पहिलो वर्ष पुरा गरेको छ । यस अवसरमा अस्पतालले ‘नेपालीको क्यान्सर उपचार नेपालमा नै’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

नारालाई मूर्त रुप दिन अस्पतालले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने हेतुले अत्याधुनिक प्रविधिहरु भित्र्इरहेको र बिरामीलाई सुविधा हुनेगरी प्रभावकारी र योजनाबद्ध ढंगले सेवाको व्यवस्थापन गरिरहेको जनाएको छ । यस अस्पतालमा अहिले उपलब्ध उपचारात्मक सेवाहरुलाई मुख्यत तीन विभागमा समेटिएको छ । मेडिकल अन्कोलोजी अन्तर्गत अष्ट्रेलियन दिशानिर्देशनको केमोथेरापी र ओएसएचए गाइडलाइनमा आधारित सुरक्षित केमोथेरापी तयारी सेवा उपलब्ध छ । यसैगरी सर्जरी अन्कोलोजी अन्तर्गत हेड एण्ड नेक सर्जरी, थोरासिक सर्जरी, हेपाटोबिलरी सर्जरी, ग्यास्ट्रो इन्टेस्टाइन सर्जरी, ब्रेष्ट सर्जरी लगायतको व्यवस्था छ ।  
यसकारण पनि अब नेपालबाट कुनै पनि क्यान्सरका बिरामी उपचारका लागि विदेश जानु नपर्ने र सबै क्यान्सरको उपचार नेपालमा नै सम्भव रहेको अस्पतालको दावी छ ।

कार्यक्रममा अन्तराष्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि नेपाली जनतालको आर्थिक पहुँचभित्र रहेर गुणस्तरीय क्यान्सर उपचार सेवा दिदै आएको अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताए । उनले आगामी  दिनमा पनि अस्पतालले अझै राम्रो सेवा दिने र उत्कृष्ठ नमुनाको रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा रेडियोथेरापी अन्तर्गत उपलब्ध एक्सर्नल बिम रेडियोथेरापीमा संसारकै उत्कृष्ठ लिन्याक मेशिन ‘भेरियन टु बिम टु’ यस अस्पतालमा उपलब्ध रहेको जानकारी समेत गराएको छ ।
वर्षिक उत्सवको अवसरमा अस्पतालमा कार्यरत कर्मचारी, डाक्टर, नर्स सबैलाई हौसला प्रदान गर्न पुरस्कार पनि प्रदान गरिएको छ । साथसाथै विभिन्न साँस्कृतिक मनोरञ्जनका कार्यक्रम प्रस्तुत गरेको थियो ।

Last modified on 2018-06-04 07:36:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts