अनावश्यक कोठीले दिक्क बनाएको छ ? यसरी हटाउनुहोस्



Download our app to get more features

काठमाडौं,२१ जेठ । स्वास्थका हिसाबले शरीरमा आउने सबै कोठीहरु हानिकारक हुन्छन् भन्ने होइन । तर पनि सबैलाई कोठी मन नपर्न सक्छ ।

हाम्रो शरीरमा मेलानिन भन्ने तत्व जम्मा भएपछि छालामा कालो, खैरो तथा छाला रंगको दाग तथा चिन्ह देखा पर्छ । जसलाई कोठीका रुपमा लिइन्छ । चिकित्सकीय भाषामा कोठीहरुलाई मेलानिनको तत्व मानिन्छ जसमा पिगमेंटको मात्रा थुप्रिएको हुन्छ र यसकै कारणले छालाको रंग कालो, खैरो हुन पुग्छ ।

सामान्यतया रुपमा २० देखि ३० वर्षको उमेरसम्मका मानिसमा कोठी देखापर्ने गर्छ । यो विभिन्न आकारमा देखापर्न सक्छ जस्तै फ्यात्त परेको, डल्लो, गाँठो, असमान, स्थिरलगायत । अनि यिनीहरुमा रौं हुन पनि सक्छ र नहुन पनि । कोठीको मात्रा मानिसको वंशाणुगत असर, हर्मोनमा आइरहने उतारचढाव तथा सूर्यको प्रकाशमा भर पर्छ ।

कतिपय कोठीहरु समय बित्दै जाँदा स्वतः हराएर जाने गर्छन् भने कतिपय कोठीहरु सहजै जाँदैनन् । त्यसैले अस्पताल गएर कोठीको जाँच गराउन आवश्यक छ । यदि कोठीको रंग तथा आकारमा समय अनुसार परिवर्तन भइरहन्छ भने तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ किनकी यस्ता कोठी क्यान्सरको लक्षण पनि हुन सक्छ ।

तर अस्पताल गएर कोठीको जाँच गराउँदा सामान्य छ र त्यसले तपाँइलाई अनावश्यक तनाव दिएको छ वा त्यसलाई कसरी हटाउने भन्ने सोच्दै हुनुहुन्छ भने तलको उपचार विधि अपनाउन सक्नुहुन्छ ।

उपचार विधि
लसुनसहितको घरेलु उपचार कोठी हटाउन अत्यन्तै भरपर्दो उपायका रुपमा लिइने गरिन्छ । यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले पिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै हटाइदिने काम गर्छ ।

लसुनको केस्रालाई सिलौटोमा पिन्नुहोस् र कोठीमाथी लसुनको लेप लगाउनुहोस् । अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस् र करिव २–३ घण्टा सम्म छोडिदिनुहोस् । यो प्रक्रिया केही दिनसम्म अपनाउनुहोस् । कोठी झरेर जानेछ । यो घरेलु विधि अपनाउनाले पाँचदिन भित्रमै परिणाम देखापर्न थाल्छ ।

प्रत्येक दिन, प्रक्रिया अपनाउनु भन्दा पहिले अल्कोहल तथा संक्रमणनासक वैकल्पिक उपायले कोठी वरिपरी सफा गर्नु पर्छ । 
(एजेन्सीको सहयोगमा)

Last modified on 2018-06-04 16:54:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts