यस्ता छन् स्वास्थ्यमा ५६ अर्बका कार्यक्रम



Download our app to get more features

काठमाडौं, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष भरी गर्ने स्वास्थ्य क्षेत्रका महत्वपूर्ण कामलाई बुँदागत रुपमा सार्वजनीक गरेको छ । ५६ अर्व बजेटमा कति काम गर्ने भन्ने उद्देश्यले  महत्वपूर्ण बुँदालाई सुचिकृत गरीएको छ । 

मन्त्रालयले तीन तहकै कामलाई समावेश गराएर सुचि बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उसले गुणस्तरीय स्वास्थ सेवा तथा निःशुल्क स्वास्थ्य उपचार मुख्य प्राथमिकतामा राखेको छ । 

स्वास्थ्य सम्बन्धि विभिन्न मेशिनरी उपकरणहरु खरिद र मास्टर प्लान बमोजिम वीर अस्पतालको सर्जिकल ब्लक भवन निर्माणको कार्यलाई पनि प्राथमिकतामा राखेको छ । 

त्यस्तै दुवाकोट स्थित वीर अस्पतालको जग्गा सुधार तथा कार्यालय भवन निर्माण र वीर अस्पतालको पुरानो भवन मर्मत सम्भार कार्य यसै वर्ष हुने छ । 

यस्ता छन् स्वास्थ्यका प्रमुख बुँदा

  • गरिव तथा असहाय बिरामीहरूलाइ निःशुल्क उपचार कार्यक्रम ।
  • मेशिनरी औजारका साथै आवश्यक औषधि खरीद गर्ने ।
  • बिरामीको लागि रासन वितरण तथा निःशुल्क उपचार गर्ने ।
  • सेवा विस्तारको लागि मेडिकल उपकरण खरीद, ओ. पी. डी. भवन निर्माण, मेडिकल उपकरण तथा भवन मर्मत संभार, अन्य नियमित क्रियाकलापहरु 
  • उपकरण तथा औजार खरिद गर्ने, दुर्गम क्षेत्र तथा गरिव बिरामी उपचार कार्यक्रमलाई निरन्तरता दिने । 
  • नेत्रदान शिविर सञ्चालन गर्ने । 
  • राष्ट्रिय क्यान्सर सतर्कता दिवस कार्यक्रम प्रचार प्रसार तथा सामाग्री उत्पादन तथा प्रकाशन र वितरण गर्ने 
  • १५ वर्ष मुनिका क्यान्सर पीडित बालबालिकालाइ निशुल्क उपचार । 
  • महिलाहरूको क्यान्सर नियन्त्रण कार्यक्रम ।
  • क्यान्सर रजिष्ट्री कार्यक्रम (अस्पतालमा र समुदायमा)
  • ७० वर्ष माथिका क्यान्सर पीडित जेष्ठ नागरिकलाइ रेडियसन र सर्जरी सेवा निशुल्क 
  • क्यान्सर रोकथाम र नियन्त्रण तालिम कार्यक्रम ।
  • क्यान्सर बिरामीको निशुल्क सर्जरी ।
  • क्यान्सर स्क्रिनिङ कार्यक्रम  ।
  • अस्पताल भवन निर्माण ।
  • नयाँ भवन सञ्चालनको लागि मेडिकल एसोसरिजहरू, फर्निचर लगायत आवश्यक उपकरणहरू खरिद
  • फोहोर व्यवस्थापनको लागि बायोडिगार्डेसन प्लान्ट स्थापना ।
  • अस्पतालको लागि अल्ष्ट्रासाउन्ड, डिआर सिष्टम, एकसरेरफ्लुरो मेशिन, लेजर मेशिन, सर्जिकल माइक्रोस्कोप, इन्डोस्कोपिक मेशिन सेट, माइक्रोटोम, टिस्यु प्रोसेसर, टिस्यु इम्वाडेड मेशिन तथा अन्य सर्जिक मेशिन लगायतका आवश्यक उपकरणहरू खरिद ।
  • मुटु, फोक्सो र रक्त नलीको उपचार सम्वन्धि अनुसन्धान कार्यक्रम सन्चालन गर्ने ।
  • मुटु, फोक्सो र रक्त नलीको उपचारका लागि ल्बतष्यलब ित्चभबतmभलत एचयतयअब ितयार गर्ने ।
  • उपचारका लागि आएका विरामीहरुको सम्पुर्णा विवरण भ्भिअतचयलयअ ःभमष्अब िच्भअयचम क्थकतझ मा राख्ने ।
  • नयां क्याथ मेशिनवाट सेवा सन्चालन गर्ने ।
  • शुल्क तिर्न नसक्ने ६०० जना विरामीहरुको निःशुल्क भल्भ शल्यक्रिया गर्ने लक्ष्य राखिएको ।
  • १५ बर्ष मुनिका ६०० जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखिएको ।
  • ७५ बर्ष माथिका ६०० जना बिरामीहरुको निःशुल्क उपचार गर्ने लक्ष्य राखिएको । 
  • ३५६ जना बिरामीहरुको मटुको सांघुरिएको भाल्भको  उपचार गर्ने लक्ष्य राखिएकोे । 
  • नयाँ भवन निर्माण २०० शैयाको कार्डियाक केयर सेन्टर अस्पताल भवन, ४०० शैयाको मातृ तथा शिशु अस्पताल भवन, २०० शैयाको क्यान्सर सेवा विस्तार स्वास्थ्य प्रयोजनका लागि निमार्ण गर्ने , गरीब तथा असहाय बिरामीको लागी निःशुल्क उपचार गर्ने, अत्यावश्यक औषधि खरी दगर्ने । 
  • प्रसुति सेवाको लागि औजार उपकरण, शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा संचालन, भवन निर्माण ।
  • छातीरोग अस्पतालको निर्माण, जिल्ला हरुमा सेवा विस्तार गर्न चार मोडुलको जिन एक्स्पर्ट मेसिन खरिद गर्ने, प्रदेशमा सोलिड कल्चर ल्याब विस्तार, प्रदेशमा क्वालिटी कन्ट्रोल ल्याब सेवा विस्तार, डी.आर. सेन्टर एवं जिन एक्स्पर्ट सेन्टर हरुलाई वेब बेस्ड रिपोर्टिंग, प्रिभ्यालेन्स सर्भे, क्षयरोगको सेकेण्ड लाइन औषधि खरिद, क्षयरोग बिरामीहरुको लागी फर्स्ट लाइन औषधि खरिद, प्रदेशस्तरमा क्षयरोग रेफरल सेवा संचालन, कार्यक्रमको पहुच भन्दा बाहिर भएका तथा क्षयरोगको उच्च जोखीममा भएका व्यक्तिहरुलाई एक्टिभ केस फाईन्डिंग गर्ने ।
  • स्वास्थ्यकर्मीहरुलाई एचअइभी र टिवी र  सम्वन्धमा मानव अधिकार, मेडिकल इथिक्स सम्वन्धमा तालिम ।
  • आमा सुरक्षा कार्यक्रमको रापिड एसिस्मेन्ट, सुरक्षित मातृत्व तथा परिवार नियोजन सेवाको अवस्था वारे अध्ययन तथा पाठेघरको अप्रेशन पश्चात महिलाको स्वास्थ्य अवस्था बारे अध्ययन ।
     

योजना 

  • समुदाय स्तरमा MPDSR कार्यक्रम संस्थागत गर्न संयोजक परिचालन ।
  • दक्ष प्रसूति कर्मीहरुलाई अनसाईट कोचिङकोलागी क्षमता अभिवृद्धी तथा प्रदेश तथा स्थानिय तहमा MPDSR कार्यक्रम सम्वन्धी क्षमता अभिवृद्धि ।
  • मातृ सुरक्षा चक्की कार्यक्रम तथा FP-EPI Integration को अभिमुखिकरण ।
  • एम.पि.डि.एस.आर. कार्यक्रमको अन साईट कोचिङ, समिक्षा, निर्दे्शिका परिमार्जन, डाटा वेश Standarilization, तथा MPDSR / DHIS-2 को इन्टीग्रेशन
  • पाठेघर खस्ने रोगको शल्यक्रियाद्धारा उपचार ।
  • आमा सुरक्षा कार्यक्रम सेवा प्रदान शोधभर्ना, यातायात खर्च, गर्भवती तथा सुत्केरी उत्प्रेरणा सेवा तथा निशुल्क गर्भपतन ।
  • परिवार नियोजन स्थायी बन्ध्याकरण ।
  • (जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्थामा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम तालिम, (खोप ऐन, खोप कोष र नियमावलि, खोप कार्यक्रम सम्बन्धि अन्तरक्रिया, समिक्षा (महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सदस्य सांसदहरु, संचारकर्मी र सरोकार वालाहरुसँग 
  • रोटा भ्याक्सिन सुरुवात कार्यक्रम । 
  • आमाको दुध प्रतिस्थापन गर्ने बस्तु बिक्रि वितरण सम्बन्धि सम्बद्ध सरकारी तथा निजी क्षेत्रका सरोकारवाला तथा निरीक्षकहरुलाई BMS Monitoring सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम  ।
  • राष्ट्रिय पोषण नीति, रणनीति, योजना आदि परिमार्जन तथा अध्यावधिक 
  • प्रकोप जोखिम न्यूनीकरण सम्बन्धि सूचना व्यवस्थापन तथा क्लस्टर कोअर्डिनेसन र प्रकोप जोखिम व्यवस्थापन तथा आकस्मिक पोषण कार्य योजना अध्यावधिक गर्ने ।
  • विषालु सर्पदंशवाट पीडित लगभग २००० जनाको लागि ASV खरिद, 
  • हात्तीपाइले रोग विरुद्धको डी.ई.सी. चक्की खरिद,  व्यवस्थापन तथा निवारण अभिया सञ्चालन गर्ने ।
  • औलो रोग विरुद्ध विभिन्न औषधि खरिद, वितरण तथा व्यवस्थापन गर्ने । इवोला स्वाइन फ्लु सिकलसेल तथा बर्ड फ्लु, औलो कालाजार नियन्त्रण्को कार्यक्रम संचालन, कालाजार नियन्त्रणको लागि औषधि खरिद र वितरण गने, विभिन्न संक्रमण जन्य रोगको नियन्त्रण गर्न । 
  • महामारी अवस्थामा टिम परिचालन निवारण अभियान संचालन गर्ने  ।
  • नयाँ रोगी पत्ता लगाउने ।
  • केन्द्रिय स्टोर टेक’ र पथलैयामा नयाँ स्टोर भवन निर्माणको काम सम्पन्न गरिने । 
  • सुचिकृत रोगका सुचिकृत अस्पतालहरुबाट विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याउने । 
  • विपन्न नागरिक उपचार कार्यक्रमसंग सम्बन्धित रोगह?को रोकथामका लागि स्वास्थ्यकर्मीहरु, ब्यवस्थापन समितिका पदाधिकारीहरु र सरोकारवालाहरुसंग समन्वयात्मक क्रियाकपाल संचालन । 
  • मेडिकल एवं कोल्डचेन औजार उपकरण मर्मत संभार कार्यलाई निरन्तरता । 
  • स्वास्थ्य सेवा संग सम्बन्धित कार्यक्रमहरुको अनुसाइट कोचिङ सहितको एकिकृत सुपरीवेक्षण । 
  • निजी सरकारी तथा गैर सरकारी अस्पतालहरुको अनुगमन सुपरिवेक्षण । 
  • स्वास्थ्य सेवा संग सम्बन्धित विभिन्न प्रकारका स्वास्थ्य संस्थाहरुको न्युनतम सेवा मापदण्ड तयार  ।
  • एच.एम.आई.एस. अभिलेख, प्रतिवेदन, अनुगमन फाराम र अनुगमन पुस्तिका छपाई 
  • सबै जिल्लामा स्वास्थ्य शिक्षा तथा जनचेतना कार्यक्रम सञ्चालन, टिभी र रेडियोबाट स्वास्थ्यसम्बन्धी सचेतना कार्य सञ्चालन गर्ने . एचआईभी÷ एड्स तथा यौन रोग र स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने । प्रजनन स्वास्थ्य, परिवार नियोजन, वाल स्वास्थ्य, कुष्ठरोग, महामारी, डेङ्ग’, जुनोटिक, औलो सम्बन्धी टिभी र रेडियोबाट सचेतना कार्य संचालन गर्ने . धुमपान र नसर्ने रोगको रोकथाम सम्वन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने ।
  • सुरक्षित मातृत्व, दक्ष प्रसुति, सुरक्षित गर्भपतन तालिम सञ्चालन गर्ने । 
  • मलेरिया माइकोस्क्रोपिक कालाजार रोगबाट प्रभावित जिल्लाहरूमा कालाजार रोगको रोकथाम तथा नियन्त्रण गर्न एक्टीभ केस डिटेक्सन र जनचतेना जगाउने । 
  • व्याक्टेरीयोलोजी मोलीकुलर ल्याव स्थापना ।
  • नियमित परिक्षणको अलावा नयाँ नयाँ परीक्षण थप गर्दै जाने ।
  • आयुर्वेद चिकित्सा सेवा निर्दे्शिका, म्यानुयल, प्रोटोकल तयार गर्ने
  • परम्परागत उपचार सम्बन्धि नीति, मापदण्ड,  तथा व्यवस्थाप
  • आयुर्वेद विभागमा तनाब व्यवस्थापन  कक्ष तयार
  • चन्द्रनिघण्ट’ भाग ६ को सम्पादन तथा प्रकासन गर्ने । उत्पादन क्षेत्रको पुर्ननिर्माण अन्तर्गत आ.व. २०७५÷७६ मा अवलेह पाक तथा लिक्वीड सेक्सनको जि.एम.पि स्तरमा स्तरोन्नत गर्ने ।
  • अस्पतालमा आउने जेष्ठ नागरिक तथा विपन्न बर्गका अाँखाका रोगीहरुको शल्यक्रियामा सहयोग गर्ने । दुर्गम स्थानका ५५ अाँखा उपचार केन्द्रहरुलाई  संचालनमा सहयोग गर्ने । 
  •  ५ जिल्लामा ट्रकोमा रोगबारे  सर्भिलियन्स कार्यक्रम संचालन गर्ने । सामुदायीक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको  अाँखा उपचार तथा आबश्यकलाई निशुल्क चश्मा बितरण गर्ने । ३ आँखा उपचार केन्द्रको स्तर बृद्घिमा सहयोग गर्ने ।
  • नसर्ने रोग मानसीक स्वास्थ्य आदिको तालिम संचालन गर्ने, नसर्ने रोगका लागि उपकरण खरिद । 
  • आगामी वर्षका लागि यो ब.उ.शि.नं.वाट स्थानीय तहका लागि वजेट व्यवस्था गरिएको ।
  • न्युरो सर्जिकल भवन निर्माण गर्ने, अस्पतालको लागि अ‍ौजार उपकरण खरिद, ज्येष्ठ नागरिकको उपचार,  डाइलासिस सेवा, क्यान्सर अन्य रोगको सेवा, जेष्ठ र विपन्न नागरिक, एच आई भि पोजेटिभ, हेपाटाइटिस बि र हेपाटाइटिस सि का विरामी हरुको लागि उपचार गरिने ।
  • अंग प्रत्यारोपण सम्बन्धि अन्तरकृया कार्यक्रम र डकुमेन्ट्री फ्ल्मि निर्माण गरिने ।
  • मस्तिष्क मृत्यू तथा अंग दान सम्बन्धी जनचेतनामूलक रेडियो, टेलिभिजन, पत्रपत्रिका प्रचार प्रसार तथा अन्य अन्तर्कियात्मक कार्यक्रम गरिने ।
  • ७७ जिल्लामा नै बीमा कार्यक्रम विस्तार गरिने, अति गरिव परिवार, महिला स्वास्थ्य स्वंयसेविकालाई कार्यक्रम लाग्ने योगदान रकममा छुट दिने ।
  • गाउँ घर र शहरी क्लिनिक, नसर्ने रोग व्यवस्थापन कार्यक्रम ।
  • जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रबर्धन सेवा कार्यक्रम ।
Last modified on 2018-06-04 16:54:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts