काठमाडौं भन्दा जाजरकोटका बालबालिकामा सात गुणा बढि मुटुको समस्या



Download our app to get more features

जाजरकोट, २१ जेठ । जाजरकोटका धेरै बालबालिकामा मुटु सम्बन्धी समस्या रहेको तथ्य फेला परेको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जिल्लाका केही विद्यालयमा गरेको मुटुरोग सम्बन्धि स्क्रिनिङ्गबाट यस्तो तथ्य फेला परेको हो ।काठमाडौंकाबालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा सात गुणा बढि  मुटुरोगको समस्या देखिएको हो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा आएको चिकित्सकको टोलीले जिल्लाका करिब ५ हजार बालबालिकाको मुटुको स्क्रिनिङ्ग गरेको छ । 

५ देखि १५ बर्ष उमेर समुहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको  अवस्था हेर्दा जाजरकोटमा धेरै बालबालिकामा मुटुरोगको समस्या देखिएको बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले जानकारी दिए ।  

काठमान्णै लगायतका शहरमा परीक्षण गर्दा एक हजारमा एक जनामा समस्या देखिने गरेकोमा जाजरकोटमा एक हजारमा सात जनामा समस्या देखिएको छ ।करिब ५ हजार बालबालिकामा गरिएको परीक्षणमा ३६ जना बालबालिकामा बाथ मुटुरोग ( मुटुको भल्भको समस्या ) को समस्या देखिएको छ । त्यस मध्य दुई जनाको शल्यक्रिया नै गर्नु पर्ने भएको छ । उनीहरुको निःशुल्क शल्यक्रियाको ब्यवस्था मिलाईनेछ । अन्यले औषधी सेवन गरे ठिक हुने अवस्था रहेको बताउनु भयो ।

जन्मजात मुटु रोग हुने ( मुटुमा प्वाल पर्ने ) बालबालिकाको संख्या भने एक हजारमा तीन जना रहेको छ । डा. रेग्मीका अनुसार गरीवी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहार, विहारको सन्तुलन नमिल्नु लगायतका कारण मुटु रोग देखा पर्ने गरेको छ । बालबालिकामा टनसिल अर्थात घाँटीको समस्या देखा परेको बेला समयमा उपचार नगरे मुटुको भल्भमा समस्या देखिन्छ ।’

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा गत बुधवार देखि शुक्रवार सम्म जाजरकोट भेरी नगरपालिकाका विभिन्न विद्यालयमा मुटरोगको स्क्रिनिङ्ग गरिएको हो । वीर अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी, डा.सत्यनारायण सुवाल, डा.देव न्यौपाने, डा. जिज्ञासा रेग्मी लगायतका चिकित्सकहरुले बालबालिका र बयष्कको मुटुरोगको परिक्षण गर्नु भएको थियो ।

शिविरमा ५ हजार बालबालिका र एक हजार बयष्क गरी करीव ६ हजारले मुटुको परीक्षण गराएका थिए ।
 

1 Comments

  1. Mahendra Bikram Shahon Mon, Jun 04 2018 12:55 PM

    This is really a glaring issues of child health which demand high attention from government, academia and public health professional. Being a person from Jajarkot, it touched me Mahendra Bikram Shah


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts