मेडिकल कलेजको सिट निर्धारण स्थगन गर्न मेडिकल काउन्सिललाई चिकित्सा शिक्षा आयोगको पत्र

सिट निर्धाण अब आयोगले नै गर्ने



Download our app to get more features

काठमाडौं, २१ जेठ । चिकित्सा शिक्षा आयोग आफैले आगामी शैक्षिक शत्रबाट सबै मेडिकल कलेजको सिट निर्धारण गर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले गर्दै आएको सिट निर्धारणलाई रोक लगाई आयोगले आफै सिट निर्धारण गर्ने भएको हो । 

आयोगले औपचारीक पत्र मेडिकल काउन्सिललाई पत्र पठाउँदै त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन सस्थान महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौं विश्वविद्यालय स्कूल अफ मेडिसिन धुलिखेललाई बोधार्थ दिएको छ ।

आयोगका सहअध्यक्ष शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्णयानुसरा सचिव लालजंग चौहानद्वारा लिखित पत्रमा भनिएको छ, 'चिकित्सा शिक्षा अध्यादेशमा चिकित्सा शिक्षाको स्नातक तहको विद्यार्थी भर्नाका लागि अध्यादेशको दफा १७ उपदफा १ अनुसार आयोगले प्रत्येक वर्ष तोकिए बमोजिमको मापदण्डका आधारमा विश्वविद्यालय, प्रतिष्ठान तथा अन्य शिक्षण सस्थाका लागि निश्चित सिट संख्या तोक्नेछ । त्यसैले उक्त सिट संख्या तोक्ने कामलाई हाल रोक्नुहोला आयोगले भनेको छ ।

Last modified on 2018-06-04 16:54:53

1 Comments

  1. Nepal medical council le seat toknu bhanda aginai foreign ma MBBS padhne Jane bidhyarthi lai pani dhyan diyera decision Lina anurodh cha.......yedi seat sankhya halka badhayera yedi kunai bidhyarthile Nepal mai 30lakh samma pani tirera padhna sake bidhyarthi bidesh gayera 35 40 lakh lagayera MBBS kina padhcha ra desh ko lagani pani desh mai rahancha......tesaile council lai feri ek patak anurodh cha ki aaune generation lai ek patak sochdinuhola..dhannyabad


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts