कस्ता व्यक्तिले राख्ने टेष्ट ट्युब बेबी

(भिडियोसहित)



Download our app to get more features

टेष्ट ट्युब बेबी निःसन्तान दम्पत्तिका लागि सन्तान प्राप्तिको राम्रो विकल्प बनिरहेको छ । टेष्ट ट्युब बेबीकै कारण कयांै दम्पत्तिले सन्तान सुख पाइसकेका छन् भने कतिपयमा कस्ता व्यक्तिले टेष्ट ट्युब बेबी राख्न सक्छन भन्ने जिज्ञासा पनि होला । यस्तै जिज्ञासा मेट्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ, बाँझोपन विशेषज्ञ तथा ल्याप्रोस्कोपी सर्जन डा. नुतन शर्माले हाम्रो डाक्टरसँग आफ्नो कार्य अनुभव साटेकी छिन् । जानौं डा. शर्माको सुझाव:-

टेष्ट ट्युब बेबी पद्धतिबाट जन्मिएका मानिसको संख्या नेपालमा पनि  धेरै भइसकेको छ । टेष्ट ट्युब बेबी अब सबैले सुनेको र बुझेको शब्द बनिसकेको छ । 

टेष्ट ट्युब बेबी र सामान्य बच्चा उस्तै हुन्छन

हाम्रो समाजमा अझै पनि टेष्ट ट्युब बेबी नर्मल बच्चा जस्तो हँुदैन्, यस्ता बच्चामा धेरै समस्या आउँछ, आमाको ज्यानै जाने खतरामा हुन्छ भन्ने जस्ता गलत बुझाई छ । तर, त्यस्तो केही पनि हुँदैन । टेष्ट ट्युब बेबी पनि नर्मल बच्चा जस्तैं हुन्छन् । गर्भमा रहँदा र पछि पनि उ नर्मल बच्चा जस्तंै हुन्छ । टेष्ट ट्युबमार्फत गर्भवती भएकाले पनि सामान्य गर्ववतीले जस्तै स्वच्छ, पौष्टिक आहारयुक्त सन्तुलित खानपान, तनावमुक्त जीवनशैली, स्वस्थ वातवरण, नियमित स्वास्थ परीक्षण गराउनु पर्छ । टेष्ट ट्युब बेबी राखेकी महिलाले पनि सामान्य गर्भवतीले जस्तै शरीरलाई भार नपर्ने हल्का सानो तिनो काम गर्नु हुन्छ । तर, चिकित्सकको सल्लाह बमोजिम उसले कार्य गर्नुपर्छ । यो कुरा गर्भवतीको शारीरिक अवस्थाले पनि निर्धारण गर्छ । 

कस्ता व्यक्तिले राख्ने टेष्ट ट्युब बेबी 

विवाह भएको एक डेढ वर्ष वा यौन सम्पर्कमा रहेको एक डेढ वर्षसम्म पनि बच्चा नबस्नुलाई निःसन्तान हुनु भनिन्छ । यस्ता सबै दम्पतिलाई टेष्ट ट्युब बेबीको आवश्यत्ता पर्छ नै भन्ने हुँदैन् । निःसन्तान दम्पतिको सबै भन्दा पहिला बच्चा नहुनुको कारण पत्ता लगाउनु पर्छ । पुरुष वा महिलामा सानो तिनो समस्याले पनि बच्चा नबसेको हुनसक्छ । यस्ता समस्याको मेडिकल्ली समाधान गरि बच्चा हुनेको संख्या धेरै छ । सबै उपचार पद्धति अबलम्बन गर्दा पनि बच्चा बसेन भने मात्र टेष्ट ट्युब बेबीको आवश्यत्ता पर्छ ।

बच्चा नहुने कारण 

  • पाठेघरको संक्रमण, यौन जन्य रोग, थाइराइड हुनु ।
  • डिम्बासयबाट अण्डा  नबन्नु ।
  • पुरुषको स्पर्म कम हुनु वा हुँदै नहुनु ।
  • यौनजन्य रोग लाग्नु आदि ।
  • ढिलो विवाह वा बढी उमेर पनि बच्चा नहुने एक कारण बन्न सक्छ ।

यसकारण टेष्ट ट्युब बेबी निःसन्तानको विकल्प

टेष्ट ट्युब बेबीले सबै निःसन्तान दम्पतिको सन्तान सुखलाई पुरा गर्छ भन्ने छैन् । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि ५० प्रतिशत जति मात्र टेष्ट ट्युब बेबी सफल भएका छन् । कारण टेष्ट ट्युब बेबी राख्दा पनि नेचुरल फर्टिलाइजेसनकै विधि अपनाउने हो । यो असफल पनि हुनसक्छ । 

टेष्ट ट्युब बेबी राखेका बिरामीले चिकित्सकको परामर्शमा रहिरहनु पर्छ । खानपान लगायत हरेक वातावरण उ अनुकुल हुनुपर्छ । श्रीमान लगायत परिवारको साथ, सहयोग, हौसला पनि उत्तिनै आवश्यक हुन्छ । 

नेपालको सन्दर्भमा टेष्ट ट्युब बेबी सबैको सहज पहुँचमा त छैन् । तर, त्यति धेरै महंगो पनि छैन् । निजी अस्पतालमा दुई साढे दुई लाख रुपैयाँदेखि सुरु हुन्छ । भने सरकारी अस्पतालमा त्यो भन्दा कममा हुन्छ । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-06-07 12:23:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts