बच्चाहरुलाई मोटाउन नदिने हो भने यसो गर्नुहोस्



Download our app to get more features

मानव जिवनमा दिनचर्याले ठूलो महत्व राख्दछ ।

बिषेश गरी हाम्रो वानीव्यहोरा निर्माण हुने चरण बाल्य अवस्था र किशोर अवस्थामा हाम्रो दिनचर्याको प्रभाव जिवनपर्यन्त रहिरहन्छ । भर्खरै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि बालबालिकाहरुलाई समयमा खाना खान दिने, समयमा सुत्न दिने र खेल्नका लागि निश्चित समय तोकिदिने हो भने मोटोपनको समस्या झेल्नु पर्दैन । 

अमेरिकाको ओहियो स्टेट विश्वविद्यालयका प्रमुख लेखक सारा एण्डरसनका अनुसार विद्यालय प्रबेशको उमेरमा बालबालिकाको दिनचर्या उनीहरुको स्वास्थ्य विकाससँग जोडिएको हुन्छ ।

३ देखि ५ बर्ष उमेरका ३ सय बालबालिकामा गरिएको यो अध्ययनमा उनीहरुके सुत्ने उठ्ने, खाना खाने र खेल्ने टिभी हेर्ने समयको विश्लेषण गरिएको थियो । 

समयमा सुत्न नजाने बच्चाहरु ११ बर्षको उमेरबाट मोटाउन सुरु हुने अध्ययनले देखाएको छ । समयमा सुत्ने बालबालिका भन्दा समयमा नसुत्ने बालबालिका धेरै मोटो हुने अध्ययनको निष्कर्ष छ । एजेन्सी 

 

Last modified on 2018-06-05 09:46:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts