टाउको दुखाइ र अकुपन्चर चिकित्सा 



Download our app to get more features

पाईं हामी सबैले सामान्यतया भोगिरहेको समस्या हो टाउको दुखाई । टाउको दुख्नु रोग नभएर अरु विभिन्न कारण आउने समस्या लक्षण हो । सामान्यदेखि एकदमै जटिल किसिमका रोगहरुका कारण टाउको दुख्न सक्छ । संसारका ४० प्रतिशत मानिसलाई टाउको दुख्ने समस्या रहेको विभिन्न तथ्यांकले देखाएको छ । 
शरीरका विशेष विन्दु अकुपोइन्टसमा मसिना सियोहरुले खोपेर उपचार गरिने अकुपन्चर परम्परागत विधि चिनियाँ उपचार पद्दतिको प्रमुख रुपमा सुरु भएर वैज्ञानिक  रुपमा प्रमाणित र हाल लोकप्रिय र प्रभावकारी उपचार पद्दति हो । जुनसुकै प्रकारको टाउको दुखाईमा पनि अकुपन्चर प्रभावकारी छ ।


टाउको दुखाइका कारणहरु
१. मस्तिस्क जन्य रोगका कारण 


क. माइग्रेन 

एक्कासी एकातिर टाउको दुखेर आउने यो रोग मस्तिस्कको रक्त प्रभावमा आउने गडबडीका कारण भएको मानिन्छ । ठ्याक्कै कारण पत्ता नलागे पनि यो रोगबाट १५ देखि ५० वर्ष उमेरका महिलाहरु पीडित हुन्छन् तर सबै उमेर र लिङ्गमा माइग्रेन देखिन्छ ।
माइगे्रनमा एकापट्टी मात्र टाउको दुखाइ हुन्छ यस्तो टाउको दुखाइ केही दिन वा हप्ताको फरकमा आँउछ र केही घन्टा वा दिन रहेर आफै ठिक हुन्छ । यस्तो क्रम दोहोरीन्छ । टाउको दुखाइसँगै वाक वाक हुने वा वान्ता आउने आँखा तिरमिराउने, उज्यालो हेर्न नसकिने हुन्छ । निरियत रङ खाना वा आवाजलाई बढवा दिन्छ ।

ख. रक्तचाप
रक्तचापमा आउने गडवडी उच्चरक्तचाप वा न्युनरक्तचापको कारण पनि टाउको दुख्न सक्छ । विशेषगरी रक्तचापमा गडबडी आउँदा बिहान टाउको दुख्ने र पछाडि  टाउको दुख्ने तान्ने यस्तो हुने हुन्छ । 


ग. ब्रेनहेमोरेज
कुनै कारण मष्तिस्कमा रक्तचाप हुँदा पनि टाउको दुख्न सक्छ । यस्तो रोगमा टाउको दुखाइसँगै अरु जटिल समस्याहरु देखिन सक्छ । ब्रेन हेमरेज कारण प्रमुख समस्या पक्षघात हो । 

ग. मस्तिस्कको संक्रमण वा अर्वुद रोग
मष्तिस्कमा हुने सबै किसिमका टाउको दुखाई आउँँछ । त्यस्तै मतिस्कमा हुने अर्वुद रोग वा ट्युमरका कारण पनि टाउको दुख्न सक्छ । यी रोगहरु एकदमै जटिल हुने र यसमा आउने टाउको दुखाई धेरै कडा र बढदै जाने र औषधि खाँदासमेत कम नहुने खालको हुन्छ ।


टाउकोको वरिपरिका अंगमा हुने रोगका कारण

१. पिनास

नाकको वरिपरि हुने साइनसको INFLAMMATION लाई पिनास भनिन्छ । पिनासको कारण पनि प्रमुख रुपमा टाउको दुख्न सक्छ । विशेष गरी निधार र नाक वरिपरी दुख्ने मात्रै समस्या, चिसो खाँदा, चिसोमा बस्दा बढी देखिन्छ । नाकको दुखाईसँगै नाक बन्द हुने, गन्ध थाहा नपाउने समस्या देखिन्छ । पिनासको कारण, प्रकृति र प्रभावित भाग अक्सर फरक तरीकाले लक्षण देखिन्छ ।

-आँखाको समस्या आँखाको विविध गडबडी, दृष्टि कमजोरी मेमोरीया आँखाको संक्रमण, जटिल पनि टाउको दुख्न सक्छ । 

-कानको समस्या  कान पाक्ने वा कानसँग सम्बन्धित समस्यामा पनि टाउको दुख्न सक्छ । 

-दाँतको समस्या   दाँत किराले खाँदा बङ्गाराका जोर्नीमा समस्यामा आउँदा पनि टाउको दुख्छ । 

-गर्दनको हड्डीको समस्याले पनि टाउको दुख्छ ।

-नसाको समस्या विशेष गरी ५ नं क्रेनिल नशाको समस्याको कारण टाउको दुख्न सक्छ । 

-मानसिक रोगका कारण

-मानसिक समस्याहरु डिप्रेसन, एङयुटी हिस्टेरीया आदिमा पनि टाउको दुख्न सक्छ । यस्तो समस्यामा अरु दिक्क लाग्ने, खिन्नता आउने, उत्तेजित हुने समस्या पनि आउन सक्छ । 

-औषधि सेवनका कारण 

-केही औषधी जस्तै नाइट्राइट, परिवार नियोजनको चक्की, रक्सी सेवन, चुरोट सेवनका कारण पनि टाउको दुख्न सक्छ ।

-विविध कारण

-संभोग पश्चताप, रुघाखोकी, पेटको गडबडी, कम्जोरी सुगरको कमी आदिमा पनि टाउको दुख्न सक्छ ।

उपचार

कुनै पनि उपचार गर्नु अगाडी टाउको दुख्ने कारण पत्ता लगाउन चिकित्सकको परामर्श गर्न गडबडी हुन्छ । 

टाउको दुखाइको उपचार अकुपन्चर 

टाउको दुखाइको समस्यामा अकुपंचर प्रभावकारी मानिन्छ । सबै प्रकारको टाउको दुखाइमा अकुपन्चर लाभदायक हुन्छ । तर माइग्रेन, पिनास र मानसिक रोगका कारण हुने टाउको दुखाइमा अकुपन्चर अत्यान्तै प्रभावकारी छ । त्यसकै लागि १० दिनदेखि ३० सम्म अकुपन्चर गर्नु आवस्यक छ । 


लेखक अकुपन्चरिष्ट तथा शुस्वास्थ्य अस्पतालका अध्यक्ष हुन् 

Last modified on 2016-05-22 17:52:49

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts