चिकित्सक भ्याटमा दर्ता हुनु नपर्ने



Download our app to get more features

काठमाडौं, २३ जेठ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अब देखि भ्याटमा दर्ता हुनु नपर्ने भएको छ । 

सरकारले स्वास्थ्य सेवामा लगाउँदै आएको कर छुट भएसंगै चिकित्सकहरुले अबदेखि भ्याटमा दर्ता हुनु नपर्ने भएको छ । हिजो नेपाल चिकित्सक संघको आयोजनामा आन्तरिक राजस्व विभाग, अस्पतालहरुका निर्देशक, अस्पतालका प्रतिनिधि एवं अस्पताल संचालकहरुको बैठकले उक्त निष्कर्ष निकालेको हो । 

नेपाल सरकारले घोषणा गरे अनुरुप शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगाइदै आएको कर हालैको बजेट भाषण मार्फत हटाइएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भ्याटमा दर्ता हुनु नपर्ने निष्कर्ष निकालेको महासचिव डा. लोचन कार्कीले बताए । 

यस विषयमा थप छलफल गर्न नेपाल सरकार तथा सरोकारवाला निकाय समक्ष स्वास्थ्य सेवा कर सम्बन्धी समस्या समाधानका लागि समिति बनाई आवश्यक कार्य अगाडी बढाउने निर्णय गरिएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts