स्तन क्यान्सरमा केमो दिन नपर्ने नयाँ अध्ययनको दाबी



Download our app to get more features

बीबीसी,२३ जेठ । भारतको जम्मुमा बस्ने कमल कामरालाई स्तन क्यान्सर भएको थियो ।

उनको गत नोभेम्बरमा स्तनको शल्यक्रिया भएको थियो भने जनवरीमा केमोथेरापी शुरु भएको थियो । उनी आफूमाथि घटेको घटना सम्झिदै भन्छिन्–क्यान्सरलाई लिएर मानिसहरुमा धेरै डर त्रास देख्दछु,तर यसमा आत्तिहाल्नुपर्ने केही छैन् ।

पहिलो पटल केमो गर्दा आफूलाई डर लागेको भएपनि पछि विस्तारै डर हट्दैगयो । आफ्नो अनुभव शेयर गर्दै कमल भन्छिन्–यो दुरुस्तै उस्तै हो जस्तो ग्लुकोज चढाउँदा हुन्छ । औषधि चढाएको ३ घण्टाभित्र औषधि शरीरमा घुलिसक्छ । केमोपछि केही कमजोरीको महसुस हुने, अनुहारको छालामा केही परिवर्तन आउने जस्ता लक्षण देखिएपनि डराउनुपर्ने केही कारण नभएको उनको भनाई छ ।

उनका अनुसार स्तनको शल्यक्रिया गराएपछि सबैभन्दा बढि मानसिक असर पर्ने गर्दछ किनभने कपाल झरिसकेको हुन्छ भने शरीरको एक केही भाग काटेर फालिइसकेको हुन्छ । 

तर हालै गरिएको एक अध्ययन स्तन क्यान्सरबाट गुज्रेका महिलाहरुका लागि वरदान सावित भएको छ । यो अध्ययनका अनुसार यदि क्यान्सरको शुरुवाती चरणमै उपचार गर्न सकिए केमोथेरापी गर्नबाट बच्न सकिन्छ । अध्ययनका अनुसार स्तन क्यान्सरबाट पीडित करिब ७० प्रतिशत माहिलाहरुलाई केमोथेरापीको जरुरी नै पर्देन ।

यस अध्ययनमा संलग्न डाक्टरहरुले यो पनि दाबी गरेका छन् की,अब धेरै महिलाहरुले केमोथेरापीको पीडा सहनुपर्दैन भने शल्यक्रिया र हर्मोन थेरापीबाट पनि उपचार सम्भव हुनेछ । केमोथेरापी भनेको सामान्यतया स्तन क्यान्सरको शल्यक्रियापछि क्यान्सर बढ्न नदिन या दोहोरिएर क्यान्सर हुन नदिन गरिने उपचार विधी हो ।

कत्तिको प्रभावारी छ यो अध्ययन ?
भारतस्थित अपोलो अस्पतालका स्तन क्यान्सर सर्जन डा.शोएब जैदीका अनुसार यो अध्ययनले भारतको सन्दर्भमा त्यति अर्थ राख्दैन जति पश्चिमा देशहरुमा राख्ने गर्दछ । भारत, नेपाल जस्ता देश जहाँ स्वास्थ्य जनचेतना कम छ र रोग लागेको अन्तिम चरणमा मात्र उपचारका लागि जाने गरिन्छ त्यहाँ यो अध्ययनको दाबीले खासै फरक नपार्ने देखिन्छ । 

कहाँ भएको थियो अध्ययन ?
अमेरीकाको न्ययोर्कस्थित अल्बर्ट आइस्टाइन क्यान्सर सेन्टरमा भएको यस अध्ययनमा स्तन क्यान्सर समयमा नै पत्ता लगाउन सकिए केमोथेरापीको पीडा,  तथा पैसाको समेत बचत हुन सक्ने दाबी गरिएको छ । हुन त यो अध्ययन मात्र स्तन क्यान्सर लागेकाहरुका हकमा मात्र लागू हुनेछ । साथै हर्मोन थेरापी लिइरहेका र क्यान्सर लिम्फ नोड्स अर्थात लसिकामा पुगी नसकेका महिलाका लागि मात्र उपयोगी हुनेछ ।

भारत तथा नेपालमा स्वास्थ्य जागरुकता र चेतनाका कमीका कारण स्तन क्यान्सरको दर बढिरहको चिकित्सकहरु बताउँछन् । सामान्यतया स्तनमा देखा पर्ने गाँठोलाई गम्भीरताका साथ नलिनुले पनि क्यान्सर अन्तिम अवस्थामा मात्र पत्ता लाग्ने गर्दछ । 


 
 

Last modified on 2018-07-13 12:54:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts