जानकी मेडिकल कलेज एक महिनादेखि ठप्प, परीक्षा समेत रोकियो



Download our app to get more features

धनुषा, २३ जेठ । जनकपुरधामस्थित जानकी मेडिकल कलेज (जेएमसी) मा एक महिनादेखि पठनपाठन ठप्प भएको छ । कलेज प्रशासनका कर्मचारी आन्दोलित भएपछि पठनपाठन अवरुद्ध भएको हो ।
कलेज प्रशासनले कर्मचारीलाई १४ महिनादेखि तलव नदिएपछि यहाँ कार्यरत कर्मचारी आन्दोलनमा उत्रेका हुन् । आन्दोलनका कारण एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा समेत स्थगित भएको छ । सो कलेजमा तीन सय विद्यार्थी अध्ययनरत छन् ।

छानविन टोली जेएमसीमा 
जानकी मेडिकल कलेज (जेएमसी) को विवाद र समस्या समाधानका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले गठन गरेको छानविन समिति कलेजमा पठाएको जनाएको छ । 
आइओएमका डिन डा. जगदिश अग्रवालले जानकी मेडिकल कलेजको पठनपाठन अवरुद्ध भएको खबर आएपछि तत्काल ३ सदस्यीय छानविन समिति गठन गरी गत आइतबार जनकपुर पठाइएको बताए । कर्मचारीले २१ वैशाखदेखि कलेजको सम्पूर्ण पठनपाठन ठप्प पार्दै आएको सूचना पाए लगत्तै छानविन समिति गठन गरेको उनको भनाइ छ । टोलीले एक दुई दिनमै प्रतिवेदन दिने र त्यसपछि समस्याको समाधान खोजिने उनले बताए । 

कलेज सञ्चालक समितिका अध्यक्ष सम्पर्कबाहिर
कलेज संचालन समितिका अध्यक्ष डिल्लीराज पौडेल र प्रबन्ध निर्देशक राजेश थापा भने सम्पर्कविहिन छन् । कलेजको समस्या समाधानमा सञ्चालकले बेवास्ता गर्दा विद्यार्थी विचल्लीमा परेका छन् । जनकपुरको एक मात्र मेडिकल कलेज जानकी मेडिकल कलेजमा यसअघि पनि पटक पटक विवाद हुँदै आएको छ । 
 

Last modified on 2018-06-06 22:17:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts