निःशुल्क स्वास्थ्य शिविरमा भीड



Download our app to get more features

बैतडी २४ जेठ । बैतडीको शिबनाथ गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविरमा सञ्चालन गरिएको छ ।

सामाजिक विकाश तथा सचेतना समाज (स्वदेश) बैतडीको अयोजनामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा नाक, कान, घाँटी रोग, दन्त सेवा तथा जनरल चेकजाँच सेवा दिइरहेको गाँउपालिका अध्यक्ष कर्ण सिंह साँउदले बताए । शिविरमा हिजो ५ सय ७१ जनाले सेवा लिएका छन् भने आज पनि सेवाग्राहिहरुको घुँइचो लागेको अध्यक्ष साँउदले बताए ।

शिविर सञ्चालन गर्न शिवनाथ गाँउपालिका तथा ७ नम्बर प्रदेश सामाजिक विकाश मन्त्रालयको आर्थिक सहयोग रहेको छ भने, नेपालजंग मेडिकल कलेज र जिल्ला स्वास्थ्य कार्यालय बैतडीको प्रविधिक सहयोग रहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts