जव पूर्वस्वास्थ्य मन्त्री अधिकारीले 'पुष्पलालका छोरा'लाई सम्झिए...



Download our app to get more features

काठमाण्डौ ।  पूर्व स्वास्थ्यमन्त्री एवं नेकपा सांसद खगराज अधिकारीले आफु मन्त्री रहँदा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको दावी गरेका छन् ।

 मंगलबार राजधानीमा आयोजित नेशनल बाथरोग सेन्टरको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अधिकारीले जनताको ढाड सेकिने मूल्य रहेका अत्यावश्यक औषधिहरुको मूल्य तोकेर आफुले जनतालाई राहत दिएको बताए । उनले आफुले औषधिको मूल्य तोकेको स्मरण गरिरहँदा उनकै आदर्श नेता एवं कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई पनि सम्झिन भ्याए । 

उनले पुष्पलालले देशमा कम्युनिष्ट विचारधारालाई सम्वर्धन गरेपनि उनकै छोराले भने औषधिको मूल्य तोक्ने कामलाई खुलेरै विरोध गरेको स्मरण गरे । उनले भने 'मेरै कार्यकालमा सर्वसाधारणलाई अत्यावश्यक औषधिको मूल्य ताकें तर, के गर्नु यो कदमको सबैभन्दा विरोध गर्ने पुष्पलालका छोरा निस्किए ।'

अधिकारीले सम्झिएका पुष्पलालका छोरा अरु कोही नभएर उमेशलाल श्रेष्ठ हुन् । औषधि उद्योगी श्रेष्ठ नेपाल औषधि उत्पादक संघका तत्कालिन अध्यक्ष हुन् । उनले सो समयमा सरकारले औषधिको मूल्य तोकेर खुल्ला बजार अर्थनीतिको खिल्ली उडाएको भन्दै खुलेरै विरोध गरेका थिए । हाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका श्रेष्ठ तत्कालिन एमालेकै शुभचिन्तक हुन् । यद्यपी उनले औषधिको गुणस्तर र उत्पादन खर्चका अनुसार फरक कम्पनीले बनाएको औषधिको मूल्य फरकफरक हुनसक्ने र यसलाई एउटै मूल्यमा बेच्न नमिल्ने भन्दै अन्तिम अवस्थासम्म विरोध गरेका थिए । 

औषधिमा तोकिएको मूल्य लामो समयसम्म पनि कार्यान्वयन नभएपछि केही औषधि उद्योगीलाई तत्कालिन सरकारले पक्राउ गरेर एकदिन हिरासतमा समेत राखेको थियो । पछि औषधि उत्पादकहरुको समेत प्रतिनिधि रहेको समितिले अत्यावश्यक भनिएका औषधिहरुको मूल्य समायोजन गरेको हो । 

Last modified on 2018-06-11 07:10:49

2 Comments

  1. Good

  2. बिजय उपाध्याय on Thu, Jun 07 2018 09:08 PM

    फर्मा उत्पादक मा अब्बल कम्पनी ,तारिफ योग्य आफै हुनु हुन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts