नवजात शिशुमा जण्डिस देखिए के गर्ने ? यस्ता छन् समाधानका उपाय



Download our app to get more features

नवजात शिशुका लागि जुनसुकै मौसम संवेदनशील हुन्छ । तर, अभिभावकहरूले जाडो मौसममा भन्दा गर्मीयाममा नवजात शिशुको ख्याल कम गर्ने गरेको पाइन्छ । यो राम्रो होइन । गर्मीयाममा विशेषगरी देखिने जण्डिसका कारण नवजात शिशु बढी जोखिममा पर्न सक्छन् । यस्तो बेलामा सावधानी अपनाउन सकिएन भने त्यसले जटिल परिणाम निम्त्याउन सक्छ ।

शिशु जन्मिए लगत्तै उसको निधार, नाक, हात तथा पैतलामा बुढी औलाले ५ सेकेण्डसम्म थिच्ने र छाड्ने गर्नुपर्छ । यदि पहेँलोपना देखिन्छ र तुरुन्तै बिलाउँदैन भने शिशुलाई जण्डिस भएको हुनसक्छ । 

जण्डिस भएको कसरी थाहा पाउने ?
कलेजो पूर्ण रुपमा विकास नभइ जन्मेको शिशुमा जण्डिसको समस्या हुन्छ । आँखा, हत्केला र पैतालामा पहँेलो देखिए सामान्य प्रकारको जण्डिस भएको हुन सक्छ । २ देखि १४ दिनसम्मको शिशुमा यो समस्या देखिन सक्छ । यस अवस्थामा नवजात शिशुलाई तेल लगाएर घाममा राख्दा केही दिनमै जण्डिस निको हुने चिकित्सकहरू बताउँछन् । सामान्य जण्डिसको संक्रमण भएको शिशुलाई पर्याप्त स्तनपान गराउनुपर्छ । सामान्य प्रकारको जण्डिस दुई साताभित्र आफंै निको हुन्छ ।

तर, कडा खालको जण्डिस छ भने तत्कालै अस्पताल पुर्याउनु पर्छ । आमाले शिशुलाई मायाको अंगालो (नाङ्गो छातीमा टाँसेर न्यानो पार्ने तरिका) मा राख्ने र पटक पटक स्तनपान गराउनु पर्छ । 
कतिपय अवस्थामा नवजात शिशु र आमाको रक्त समूह नमिल्दा पनि बच्चामा जण्डिस देखिन्छ । त्यसैगरी शिशुको शरीरमा रगतको कमी भएर पनि जण्डिसको समस्या देखा पर्न सक्छ ।

उपचार
जटिल प्रकारको जण्डिस देखा परेमा चिकित्सकको परामर्शमा शिशुको उपचार गर्नुपर्छ । यस्तो जण्डिज देखा परेमा शिशुलाई सेकेर फोटोथेरापीको माध्यमबाट उपचार गरिन्छ ।  फोटोथेरापीबाट पनि जण्डिस कम नभए रगत नै परिवर्तन गरेर उपचार गर्ने गरिन्छ ।

बच्ने उपाय
नवजात शिशु जन्मनु अघि नै आमाले पाठेघरको जाँच गराएर बच्चा र आमा दुवैको रक्त समूहको पहिचान गर्नुपर्छ । यसैगरी शिशुलाई पर्याप्त समय घाममा राखेर तेलले मालिस गर्नुपर्छ । शिशु जन्मने बित्तिकै फोहोर र संक्रमण भएको कपडा प्रयोग गर्नु हुँदैन, हात सफा नगरि शिशुलाई बोक्ने र पैसा चढाउने जस्ता सामाजिक परम्पराका कारण पनि जण्डिसको संक्रमण हुन्छ ।
 

Last modified on 2018-10-03 15:26:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts