विराटनगरका निजी अस्पतालमा चरम श्रम शोषण 

९ घण्टा काम ८ हजार तलब 



Download our app to get more features

विराटनगर, २४ जेठ । विराटनगरका नाम चलेका निजी अस्पतालहरूले नियुक्त पत्र समेत नदिई निकै कम तलब दिएर स्वास्थ्यर्मीहरूको श्रम शोषण गरिरहेको पाइएको छ । श्रम कार्यालय विराटनगर मोरङको नेतृत्व विराटनगरका विभिन्न अस्पतालमा भएको अनुगमनको क्रममा यस्तो फेला परेको हो । 

अनुगमन टोलीले विराटनगरको हस्पिटल चोकस्थित गोल्डेन अस्पताल, श्री हस्पिटल र आरके चिल्डे«न अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा श्री हस्पिटलमा वर्षैदेखि कार्यरत नर्स, अनमीहरूलाई श्रम ऐनले तोके बोमोजिमको तलब समेत नदिइ श्रम शोषण गरेको पाइएको छ ।  ‘श्रम ऐनले तोके बमोजिमको तलब, सेवा सुविधा नदिइ काममा लगाएको र काममा राख्दा नियुक्त पत्र र कामको सम्झौता पत्र पनि नभएको फेला परेको छ ।’ श्रम कार्यालयले जनाएको छ । 

श्री हस्पिटलमा डेढ वर्षदेखि कार्यरत एक अनमीले अनुगमन टोलीसँग भनिन्, ‘यहाँ काम गरेको लामो समय भयो । अहिलेसम्म नियुक्त पत्र दिएको छैन् ।’ दैनिक १० देखी ५ बजेसम्म काम गर्छु,’ उनले भनिन्, ‘मासिक तलब ८ हजार रुपैयाँ छ ।’ श्री हस्पिटलमा काम गर्ने अधिकांश नर्स र अनमीको तलब ८ हजार रुपैयाँ मात्रै रहेको उनीहरुले बताएका थिए । श्री हस्पिटलमा ७४ जना कर्मचारी कार्यरत छन् । 
गोल्डेन अस्पतालमा कार्यरत केही नर्सले मात्रै श्रम ऐनले तोके बोमोजिम तलब पाएका छन् । धेरै जासोले ऐन बमोजिम तलब नपाएको अनुगमन टोलीलाई बताएका थिए । गोल्डेनमा कार्यरत एक नर्सले भनिन्, ‘९ घण्टा काम गरेको गोल्डेनले ८ हजार मात्र दिन्छ । एक वर्षदेखि यति तलबमा काम गर्दै आएको छु  ।’ यस्तै आरके चिल्डे«न अस्पतालले पनि श्रम ऐनले तोके बोमोजिम तलब र सेवा सुविधा नदिएको पाइएको छ ।

यस्तो छ श्रम नियमावली
श्रम नियमावली अनुसार श्रमिकको न्युनतम तलब ९ हजार ७ सय हुनुपर्छ । तर, विराटनगरका नाम चलेका अस्पतालले श्रम ऐनले तोके बोमोजिमको तलब र नियुक्त पत्र समेत नदिइ काममा लगाएको पाएको श्रम कार्यालय विराटनगर मोरङका कारखाना निरीक्षक मणिनाथ गोपले बताए । ‘पहिलो पटक हस्पिटलहरुलाई श्रम ऐन कार्यान्वयन गर्न आग्रह गरेका छांै’ उनले भने, ‘दोस्रो पटक आउँदा पनि सुधार नभए कानुन अनुसार कार्वाही गर्नेछौं ।’

गोल्डेन, श्री हस्पिटल र आरके चिल्ड्रनलाई श्रम कार्यालयले कर्मचारीलाई गत महिना दिएको तलबको भरपाई, हाजिर किताबको प्रतिलिपि मगाएको थियो । उनीहरुले लेखा हेर्ने कर्मचारी नभएको भन्दै केही दिनमा कार्यालयमा उपलब्ध गराउने अनुगमन समितिसँग प्रतिबद्धता जनाएका थिए । 
अनुगमनमा श्रम कार्यालय विराटनगर कारखाना निरीक्षक गोपसहित, निजी अस्पतालका संगठन अफिनका केन्द्रीय सदस्य राजेश प्रसाई, मजदुर नेता तेजलाल कर्ण, उपेन्द्र रायसहित सञ्चारकर्मीको सहभागिता थियो । 
 

Last modified on 2018-06-11 07:10:30

2 Comments

  1. Aaru hospital ma pani anugaman garna aagaraha gardaxu....yaha 12hr duty garera pani basic salary rs.8050/- matra vayeko pidit ma aafei nei xu.

  2. Nepal sarkarle pni ramro shram sosan gareko xa. Nepal sarkar ko Birthing Centre ma 24 hours saturday and holiday samet ko din ma duty garane A.N.M. Ko salary 16000 matra xa. Jaba ki scale 22170 ho 8 hours duty ko.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts