मध्यसुदूरका पहाडी जिल्लामा कालाजार देखिँदै, जीवाणुले स्वरुप परिवर्तन गरेको चिकित्सकको दावी



Download our app to get more features

नेपालगन्ज । वातावरणमा आएकोे परिवर्तनको कारण उन्मुलनको अवस्थामा रहेको भनिएको कालाजार मध्य तथा सुदूरका पहाडी जिल्लामा स्वरुप परिवर्तन गरी देखिन थालेपछि सो क्षेत्रका चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । 

कालाजार पूर्वी तराईका १२ जिल्ला, भारतको उत्तरप्रदेश, बिहार र बंगलादेशमा मात्र देखिने गरेपनि वातावरणीय परिवर्तनले गर्दा हिमाली तथा पहाडी जिल्लामा समेत  देखिन थालेपछि उपचारमा संलग्न चिकित्सक समेत अन्यौलमा परेको भेरी अञ्चल अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट फिजिसिएन डा. राजन पाण्डेले बताए । सेन्डफ्लाई नामक भुसुनाको टोकाईबाट सर्ने कालाजार मानिसलाई  भएमा लगातार जरो आउने, फियो सुनिने, छाला कालो हुने, दिशा कालो हुने तथा समयमा उपचार नगरे निमोनिया, क्षयरोग तथा अत्यधिक रक्तश्राव भएर बिरामीको ज्यानै पनि जानेसक्ने पाण्डेको भनाइ छ । 

उनले भने–‘ कालाजार ( लेस्मोसियाडेनोमेनी ) हिजोका दिनमा गर्मी ठाँउमा मात्र पाइने भन्दै त्यसै अनुसार उपचार गरिँदै आइएको थियो भने आज अवस्था र रोगको जीवाणुमा पनि परिवर्तन देखिएको छ ।’ उनले पाहाडी भेकका बिरामीमा देखिएको कालाजारका बिरामीको जीवाणुलाई ‘लेस्मोनिया यत्ति’ उपनाम दिएको बताए । तराईमा हुने र पहाडमा हुने कालाजारको बिरामीको उपचार नै फरक तरिकाबाट गरिनुपर्ने आवस्था आएको होकि भन्ने आशंका उब्जिएको डा. पाण्डेले बताए ।

उनले पहाडमा पाइने ‘लेस्मोनिया यत्ति’ नामक जिवाणुले मानिसलाई मात्र प्रभावित गरेको छ वा पशुलाई पनि प्रभावमा पारेको छ त्यसको अनुसन्धान हुन आवश्यक भएको औंल्याउदै सन् २०२० सम्म नेपाल, भारत र बंगलादेशबाट कालाजार उन्मुलन गर्नेगरी तीब्र गतिमा काम भइरहेको अवस्थामा कालाजारको जीवाणुले स्वरुप परिवर्तन गर्नुले चुनौति थपेको जनाए । उनले भने–‘नेपाल र भारतको त्यस्ता स्थान जँहा कालाजारको अपेक्षा नै गरिएको छैन त्यहाँबाट बिरामी उपचारको लागि आउन थालेपछि तराईमा पाइने जस्तो कालाजार ‘लेस्मोसिया डेनोमेनी’ नभई पहाडमा पाईने ‘लेस्मोसिया यत्ति’ नामक जिवाणु भएको तथ्य ‘ईफेक्स जेनेटिक्स एण्ड ईभलुसन’ नामक जर्नलमा प्रकाशित भएको बताए ।

उनका अनुसार यस विषयमा नेपालको पूर्वी पहाडमा मात्र अनुसन्धान गरी पुष्टि भएको तर पश्चिम पाहाडमा भने अनुसन्धान भएको छैन । पछिल्लो दिनहरुमा नेपालको बाजुरा, डोल्पा, बैतडी, हुम्ला, दार्चुला, रोल्पा जस्ता पहाडी जिल्लाहरु र भारतको पनि कुमाउ अल्मोडा, उत्तराखण्ड जस्ता ठाँउमा कालाजार भेटिएको बताए । उनले भने–‘सुरुमा तराईको कालाजार पहाडमा गयो होला भन्ने सोचियो तर, केस हेर्दै जाँदा उनीहरु कहिल्यै पनि ट्राभल नगरेको पाइयो । यसले चुनौती थपिएको छ ।’ 

डा. पाण्डेले आफुले २०७२ सालदेखि कालाजारका बिरामीको बारेमा अध्ययन गर्दै तथ्याङ्क संकलन गर्दै आएको पनि जानकारी दिए । उनले दिएको जानकारी अनुसार अहिलेसम्म उनको क्षेत्रमा ५७ जना बिरामी भेटिएको र यी मध्ये करिव १५ प्रतिशत बिरामी पुनः दोहरिएर उपचारको लागि भेरी अञ्चल अस्पतालमा आएका छन् । उनले बर्दियाका १४, बाँकेका ११, सुर्खेतका १०, दैलेखा ३, कालिकोट २, दाङ्ग २, बाजुरा ३, कैलाली २, कञ्चनपुर १, सल्यान ४, रोल्पा १, हुम्ला १ र दार्चुला १ जना बिरामीले भेरी अञ्चल अस्पतालबाट उपचार गराएको बताए । 

नेपालगन्जको भेरी अञ्चल अस्पतालमा उपचारमा आउने बिरामीलाई ‘के–३९’ किटले जाँच गरी नतिजा पोजेटिभ आएमा कालाजारको सिंगलडोज थेरापी ‘लाईपोजोमल एम्फोटोरेशिल–बि’ दिने गएिको बताए । यो उपचार प्रविधि अत्यन्तै महंगो भएको र यसको मूल्य एक डोजको मात्र करिव २ लाख पर्ने उनले जानकारी दिए । भरपर्दो भनिएको यो थेरापी दिँदा पनि बिरामी पुनः रोग बल्झिएर आउन थालेपछि सबै क्षेत्रमा अनुसन्धान बढाउनुपर्ने देखिएको कुरामा डा. पाण्डेले जोड दिए ।

यसअघि कालाजारका बिरामीलाई नियमित‘सोडियमस्टिल्बो ग्लूकोनेट’ नामक सुई दिएको एकपटक हिपमा लगाउने वा क्याप्सुल ‘मिल्टेकफोसिन’ दिनमा २ वटा नियमित १ महिनासम्म खानु पर्दथ्यो । साईड ईफेक्ट हुने त्यतिकै खतरा भएकोले सिंगल डोजथेरापीले विबामीलाई निको हुनको लागि ठूलो मद्दत पुग्ने देखिएको उनको दावी छ ।  

बर्दियाको बारबर्दिया–४ पद्नाहका १८ वर्षिय रबी थारु भारतको उत्तराखण्डको रावतगाउमा घरेलु कामदारको रुपमा ६ महिना बिताए उनले त्यहाँ गाई भैसीलाई घाँस काट्ने, र गोठको सरसफाईमा व्यस्त हुँदै गर्दा एक्कासी ज्वरो आयो त्यही उपचार गर्दा पनि सञ्चो नभएपछि उनी घर फर्केर जाँच गराउँदा उनलाई कालाज्वार भएको पुष्टि भयो । गतवर्ष पनि भेरी अञ्चल अस्पताल मै उपचार गराएर फिर्ता भएका थारु फेरी दोहरीएर अस्पताल आएको बताए । 

यसैबीच नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका असिस्टेन्ट प्रोफेसर तथा मेडिकल ल्याब डिपार्टमेन्ट प्रमुख डा.प्रज्ञा गौतमले पछिल्लो समयमा पहाडी जिल्लाका बिरामीहरुमा अपेक्षा नै नगरिएका रोगका जीवाणुहरु मेडिकल ल्याव परीक्षणको क्रममा आफुले भेटेको बताइन । उनले भनिन–‘विभिन्न रोगको उपचारका लागि मेडिकल कलेजमा आउने बिरामीको सेम्पल जाँच गर्दा कालाजारका बिरामी भेटिने गरेका छन् । जुन अधिकांश पहाडी क्षेत्रका बढी छन् ।’

Last modified on 2018-06-08 11:45:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts