आँखादान भनेको के हो ? आँखाको नानी कसरी प्रत्यारोपण गरिन्छ ?



Download our app to get more features

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग मध्येको एक हो । यसलाई स्वस्थ राख्न सँधैभरी सचेत रहनुपर्छ । आँखालाई स्वस्थ राख्न सक्यो भने मृत्युपछि पनि आँखाले पुनः काम गर्न सक्छ ।

यसको लागि आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । आँखाको नानी प्रत्यारोपण भनेको के हो ? नानी प्रत्यारोपण कसरी गरिन्छ ? आँखा रोग विशेषज्ञ डाक्टर भाइराजा श्रेष्ठसँग गरिएको कुराकानी:   विकसित देशहरुमा आँखाको नानी प्रत्यारोपण कुनै नौलो कुरा हैन । तर नेपालमा भने यसको प्रयोग त्यति विस्तारित भएको छैन । भौगोलिक जटिलता आँखा प्रत्यारोपणको प्रमुख समस्या बनेको छ । यद्यपी आँखाको नानी प्रत्यारोपण गर्नेको संख्या पछिल्ला वर्षमा बढ्दै गएका छन् ।

विकसित देशहरुमा आँखाको नानी प्रत्यारोपण कुनै नौलो कुरा हैन । तर नेपालमा भने यसको प्रयोग त्यति विस्तारित भएको छैन । भौगोलिक जटिलता आँखा प्रत्यारोपणको प्रमुख समस्या बनेको छ । यद्यपी आँखाको नानी प्रत्यारोपण गर्नेको संख्या पछिल्ला वर्षमा बढ्दै गएका छन् ।

आँखाको नानी भनेको के हो ?

झट्ट हेर्दा आँखाको डल्लोभित्र देखिने कालो भाग,जुन शिसाजस्तो पारदर्शी हुन्छ त्यसलाई नै आँखाको नानी भनिन्छ ।

आँखाको नानी प्रत्यारोपण भनेको के हो ? यो कसरी गरिन्छ ?

मानिसको मृत्यु भएको ६ घण्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरि आँखाको  पुरै डल्लो नभई  झिल्ली झिकिन्छ । यसरी झिकिएको झिल्ली विशेष प्रयोगशालामा राखिन्छ र निश्चित समय वा २ हप्ताभित्र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गर्नुलाईनै आँखाको नानी प्रत्यारोपण भनिन्छ ।

के, सबै व्यक्तिको मृत्युपश्चात आँखाको नानी प्रत्यारोपण गर्न योग्य हुन्छ ?

हैन, सबै व्यक्तिले चाहेर पनि आँखाको नानी प्रत्यारोपन गर्न सक्दैनन् । आँखाको नानी प्रत्यारोपन गर्न स्वस्थ वा निरोगी आँखा हुनुपर्छ ।

कस्ता व्यक्तिको आँखाको नानी प्रत्यारोपण गर्न मिल्दैन  ?

१आँखामा विभिन्न खालको संक्रमण भएका ।

२ एचआइभी/एडस्, हेपाटाइटिस बी, सी, यौन रोग भएका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गर्न मिल्दैन ।

आँखाको नानीमा समस्या आउने मूख्य कारण के हो ?

आँखाको नानीमा जन्मजात समस्या आउन पनि सक्छ र जन्मपश्चात पनि समस्या आउन सक्छ ।

१.आमाको पेटमा हुदै आमामा विभिन्न खालको संक्रमण हुनु ।

२.दुर्घटना वा विविध कारणले आँखामा चोट पटक लाग्नु ।

३.वंशाणुगत गुण ।

आँखाको नानी प्रत्यारोपण किन गर्ने ?

१.आँखाको नानीमा फुलो परेर पुरै दृष्टि गुमेकाहरुलाई पुनः देख्न वा दृष्टि ल्याउनको लागि ।

२.आँखाको नानीमा  लामो संक्रमण हुने र कुनै औषधिले काम नगरे त्यो नानी फ्यालेर अर्को नानी प्रत्यारोपण गर्ने ।

३.चोटपटकले आँखाको आकारनै बिग्रिएको छ भने, आँखाको सेभ मिलाउनको साथै पुनः दृष्टि दिलाउन ।

४.आँखाको नानीमा फुलो पर्नुको साथै आँखाको भित्री भागमा पनि समस्या हुँदा सौन्दर्यमा ह्रास आएको अवस्थामा आँखाको नानी प्रत्यारोपण गरेर सौन्दर्य कायम गर्न सकिन्छ ।

उमेर बढ्दै जाँदा आँखाको दृष्टि पनि कम हुँदै जान्छ । विशेष गरेर ५० वर्ष कटे पछि आँखामा समस्या देखिन थाल्छ । आँखालाई स्वास्थ राख्न सधै सचेत हुनु पर्छ । साथै आफ्नो स्वस्थ आँखाले मृत्य पर्यन्त दुईजना अन्धा मानिसलाई पुर्नदृष्टि दिन सक्छ । त्यसैले आँखा दान प्रति रहेका भ्रम चिर्दै आफु पनि आँखा दान गर्नु र अरुलाई पनि आँखा दान गर्न प्रोत्साहान गर्नु उपयुक्त हुन्छ ।


 

Last modified on 2018-06-11 07:09:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts