प्रदेश नम्बर ७ बाट ३१ हजार बीमामा आवद्व



Download our app to get more features

काठमाडौं,२५ जेठ । सरकारले नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले संचालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेश नम्बर ७ का ३१ हजार बढी नागरिक आवद्ध भएका छन् । अछाम, कैलाली, बैतडी र बाजुरा गरी ४ जिल्लामा शुरु स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म ५ हजार ७ सय ६४ घरधुरीका ३१ हजार ४ सय ३८ व्यक्ति आवद्ध भएका स्वास्थ्य बिमा बोर्ड प्रदेश ७ का संयोजक जनक साउँदले जानकारी दिए । 

प्रदेश ७ मा सबैभन्दा बढी कैलाली जिल्लामा ४ हजार ४ सय ३८ परिवारका २४ हजार ९ सय ३० जनाले स्वास्थ्य बीमा गरेका छन् । यस्तै बैतडीमा ७ सय परिवारका ३ हजार ८ सय ३० जना स्वास्थ्य विमामा आवद्ध भएका छन् । 

अछाममा ५ सय ४६ परिवारका २ हजार ७ सय ८ जनाले बीमा गरेका छन् भने बाजुरा जिल्लामा गत चैत्र महिनाबाट कार्यक्रम लागू भएकोले तथ्यांक आउन नसकेको कार्यालयले जनाएको छ । यसबाट १ करोड ३५ लाख ८ हजार ५ सय ५ रुपैँया योगदान रकम संकलन भएको छ । 

१२ लाख ८४ हजार ४८ जनसंख्या रहेको प्रदेश ७मा हाल स्वास्थ्य बीमा गराएको संख्या २ दशमलव ५ प्रतिशत मात्रै हो । २०७३ पौष ९ गतेबाट अछाम जिल्लामा शुरु भएको स्वास्थ्य बीमाबाट १५ लाख ३४ हजार २ सय रुपैँया योगदान रहेको छ । योगदान रकम मध्ये ५२ लाख ३४ हजार ९ सय रुपैँया सेवा प्रदायक संस्थालाई दिईएको छ । प्रदेश ७ मा ४ सय १० जना दर्ता सहयोगीले घरदैलो मार्फत स्वास्थ्य बिमा गरिरहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts