के हो शरीरमा हुने जैविक घडी ?



Download our app to get more features

बीबीसी,२५ जेठ । हाम्रो शरीरमा पनि जैविक घडी रहेको हुन्छ । उक्त घडीको चक्रसँगै हामीले हाम्रो सुताई,उठाई तथा खुवाई मिलाएनौं भने हामी पूर्ण रुपमा स्वस्थ हुन सक्दैनौं । जैविक घडीको हिसाबले खाना खाएमा मात्र पनि हाम्रौ तौल नियन्त्रणमा रहन्छ भने हामी बिरामी पर्ने खतरा पनि धेरैहदसम्म कम हुन्छ ।

नास्तामा यी चिज समावेश गर्नुहोस्
विशेषगरी हाम्रो समाजमा मासुजन्य चिज साँझको समयमा खाने गरिन्छ । तर यो गलत हो । वैज्ञानिकहरुका अनुसार दिनको शुरुवातमा अधिक क्यालोरी सेवन गर्नु त्यो पनि खाना खान भन्दा केहि समय अगाडि क्यालोरी खानाले स्वास्थ्यमा धेरै फाइदा पुग्छ । एक अध्ययनका अनुसार यदि कुनै पनि महिलाले आफ्नो तौल कम गर्नु छ भने सामान्यतया बिहान अलि छिट्टै खाना खानुपर्दछ ।

किंग्स कलेज अफ लण्डनमा पोषण विज्ञानका अतिथि प्रध्यापक डा. गेरडा पाट भन्छन्–एक कहानी छ ,बिहानको नास्ता राजाको जस्तै गरौं, दिउँसोको भोजन राजकुमार जस्तै र रातिको भोजन कंगालले जस्ते गरौं ,उनी भन्छन्–मलाई यो कहानी धेरै हदसम्म साँचो लाग्छ । 

वैज्ञानिकहरु खाना खाने समय तथा शरीरमा रहेको जैविक घडिबीचको सम्बन्धका बारेमा ठोस तथ्य पत्ता लगाउने कोशिस गरिरहेका छन् । सामान्यतया हाम्रो शरीरमा रहेको जैविक घडिले हाम्रो निद्रा निर्धारण गर्छ भन्ने बुझाई छ । तर वास्तवमा शरीरमा रहेका हरेक कोशिकाको आ–आफ्नै जैविक घडि हुने गर्दछ । यसले हाम्रो दैनिक कामहरुको निर्धारण गर्ने गर्दछ । जस्तो की–बिहान सबेरै उठाउने, रक्तचापको नियमित गर्ने, शरीरको तापक्रम तथा हर्मोनको स्तरको नियमित गर्ने आदी ।

अब विशेषज्ञहरुले यो पत्ता लगाउन कोशिस गरिरहेका छन् की हाम्रो खाना खाने आदतले शरीरभित्रको चक्रलाई कस्तो असर गर्दछ । क्रोनो न्युट्रेशन वा शरीरको जैविक घडी तथा न्युट्रेशनमाथि अध्ययन गरिरहेका डा. पाट भन्छन्–हाम्रो शरीरमा एक आफ्नै जैविक घडी रहेको हुन्छ,जसले शरीरको मेटाबोलिक क्रियाकलाप निर्धारण गर्ने गर्दछ । यसबाट यो पत्ता लागेको छ की रातिको समयमा भारी खाना खानु वास्तवमा पाचनको दृष्ट्रिले सहि हुदैन् । किनभने यो समय शरीरले तपाईलाई सुत्नको लागि तयार गरिरहेको हुन्छ । 

Last modified on 2018-07-13 12:55:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts