ग्यास्ट्रिक भएकालाई पेटको क्यान्सरको जोखिम उच्च
(भिडियोसहित)

तेस्रो विश्वमा क्यान्सरबाट मृत्यु हुनेहरूको संख्या केही वर्षयता तिव्र गतिमा बढिरहेको विभिन्न अध्ययनहरूले देखाइरहेका छन् । यी क्षेत्रको बसोबास, जीवनशैली र अस्वस्थकर खानपिनका कारण क्यान्सर रोगीको संख्या पनि बढ्दो छ । साथै क्यान्सरले कुनै निश्चित उमेर समूहलाई मात्रै पीडित बनाउँछ भन्ने पनि छैन । जुनसुकै अंगमा र जुनसुकै उमेरका मानिसलाई क्यान्सर हुनसक्छ ।
तेस्रो विश्वका अन्य मुलुकजस्तै नेपाल पनि यो समस्याबाट अछुतो छैन् । नेपालमा सन्दर्भमा हेर्ने हो भने आमाशयको क्यान्सरले पछिल्लो समय धेरैलाई पीडित बनाइरहेको छ । आमाशयको क्यान्सर के हो, किन हुन्छ र यसबाट कसरी बच्ने ? भनेर ग्यास्ट्रो सर्जन प्रशनवीर कंशाकारसँग प्रश्न गरिएको थियो । जानौ डा. कंशाकारको जवाफ :-
आमाशयलाई पेट भनेर पनि बुझ्ने गरिन्छ । आमाशय शरीरको महत्वपूर्ण अंग हो । खानानलीको अन्तिम विन्दु र सानो आन्द्रा सुरु हुनु अघिको भाग जहाँ खाएको खाना भण्डार हुन्छ त्यसलाई आमाशय भनिन्छ । आमाशयका कोषिकाहरूको अनियन्त्रित वृद्धि नै आमाशयको क्यान्सर हो ।
आमाशयको क्यान्सरको कारण
आमाशयको क्यान्सर हुने कुनै निश्चित कारण छैन् । धेरै कारणले हुन सक्छ । केही वर्ष अघिसम्म ४५–५० वर्ष उमेर पुरा गरेका मानिसलाई बढी मात्रामा क्यान्सर हुन्छ भन्ने थियो । तर, अहिले कम उमेरका व्यक्तिमा समेत क्यान्सर देखिने क्रम बढ्दो छ । आमाशयको क्यान्सर हुने मुख्य कारण निम्न हुन् ।
- लामो समय ग्यास्ट्राइटिस गराउने किटाणुको संक्रमण हुनु ।
- धुम्रपान ।
- आगोमा पोलेको खाना धेरै खानु ।
- अस्वस्थ खानपान ।
- वंशाणुगत गुण ।
लक्षण :
समग्र क्यान्सरलाई चार चरणमा विभाजन गरेर हेर्न गरिन्छ । यो पहिलो चरणमै क्यान्सर भएको पत्ता लागेर उपचार गरे पूर्ण निको पार्न सकिन्छ । तर, तेस्रो, चौथो स्टेजमा पुग्यो भने निको हुन गाह्रो हुन्छ । आमाशयको क्यान्सर हुँदा सुरुवाती चरण वा पहिलो चरणमा कुनै लक्षण नदेखिन पनि सक्छ । यद्यपि, यसका लक्षणहरू निम्न हुन्छ ।
- ग्यास्ट्रिकको जस्तैं समस्या हुन्छ ।
- पेट दुख्ने ।
- पेट ढुस्स हुने ।
- औषधि खाँदा पनि पेटको दुखाई कम नहुने ।
- खाना रुची नहुने ।
- दुब्लाउदै जाने ।
- दिसामा रगत देखिने ।
- पेट फुल्ने हुन्छ ।
- जीउ आलस्य हुने ।
जोगिने उपाय:
आमाशयको क्यान्सर हुँदा धेरै लक्षण ग्यास्ट्रिककै जस्तो हुने हुँदा यो निकै क्रोनिक भएपछि मात्रै उपचार गराउने धेरैको बानी छ । यो क्यान्सर लाग्न नदिन यस्ता सावधानी अपनाउनु पर्छ ।
- ग्यास्ट्राइटिस् भएमा उपचार गराइहाल्ने ।
- पोलेको, रातो, धेरै बोसोयुक्त मासु नखाने ।
- धुम्रपान तथा मध्यपान नगर्ने ।
- बढी मसलादार, चिल्लो पिरो खाना नखाने ।
- ढुसी परेको, बासी खाना नखाने ।
- जंग फुडहरूको सेवन नगर्ने ।
- तनावमुक्त रहने ।
- नियमित व्यायम गर्ने ।
- वंशमा कसैलाई क्यान्सर भए बेला बेलामा स्वास्थ परीक्षण गराउने ।
- कुनै पनि लक्षणको संका लागेमा तुरुन्त चिकित्सककोमा परीक्षण गराउने ।
भिडियो हेर्नुहोस् :

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments