सावधान ! यी रोगहरु बन्नसक्छ मस्तिष्कघातका कारण



Download our app to get more features

शरीरमा कुनै पनि रोग लागेमा सानो समस्या भनेर टाल्नुहुँदैन । ठिक समयमा रोगलाई पहिचान गरि उपचार गराउन जरुरी छ । तर, कुनै रोगहरु यस्ता हुन्छन् जुन रोगलाई ठिक समयमा पहिचान गरी उपचार नगराए ज्यान पनि जानसक्छ । केही स–सना रोगहरु हुन्छन् जुन मस्तिष्क घातका कारण पनि बन्ने गर्दछ । 

थुप्रै त्यस्ता रोगहरु छन जसलाई ‘साइलेन्ट किलर डिजीज’ पनि भनिन्छ । के कस्ता रोगहरु मस्तिष्क घातका कारण बन्नसक्छ त ? यस्ता छन् ती रोगहरु 

मधुमेह
सामान्यतः यो रोग दुई किसिमका हुन्छन् । टाइप–१, टाइप–२ मधुमेह । टाइप–१ मधुमेह हुँदा शरीर भित्र इन्सुलिन बन्न बन्द हुनेगर्दछ । तर टाइप–२ मधुमेह हुँदा शरीरमा बनेको इन्सुलिनलाई ठिक ढँगले प्रयोग गर्न असफल हुन्छ । 

प्रमुख कारण र लक्षण
अनुवांशिक, शारीरिक श्रमको कमि हुनु, अत्यधिक कार्बोहाइडे«ट खाना खानु, धेरै समयसम्म घरमै बस्नु मधुमेहका प्रमुख कारणहरु हुन् । यसका लक्षणहरु तिब्र रुपमा तौल घट्नु, थकान महसुस गर्ने, अत्यधिक प्यास लाग्नु, घाउ छिट्टै निको नहुनु, खुट्टा निदाउनु जस्ता लक्षणहरु देखापर्छन । 

के–के खतरा निम्तिन सक्छ ? 
यो रोग गम्भिर रुप लिएमा आँखा नदेख्ने, मस्तिष्क पक्षघात, किडनी बिग्रिनु र मुटु सम्बन्धी लगायतका रोगहरुको खतरा रहन्छ । 

के छ बच्ने उपाय ? 
४० वर्षको उमेरमा पटक पटक चिकित्सकहरुसँग जचाउन र परामर्श गर्न जरुरी छ । सन्तुलित खाना खाने बानी बसाल्नुका साथै शारीरिक व्यायम पनि गर्नुपर्दछ । 

उच्च रक्तचाप
उच्च रक्तचाप दुई प्रमुख कारणले हुन्छ । पहिलो कारण अनुवांशिक वा तनाव नै हो । झन्डै ९० प्रतिशत मानिसहरुमा यही कारणले उच्चरक्तचाप हुन्छ । दोश्रो कारणमा, शरीरमा अन्य अंगको निस्किृयताले उच्च रक्तचापको शिकार हुनेगर्छन । यो रोगको कुनै लक्षण भने हुँदैन । 

के खतरा हुन्छ ? 
उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयघात, किडनी बिग्रिने, अन्धोपन र पक्षघात हुने सम्भावना रहन्छ । 

उपचार के हो ? 
बिरामीलाई परिवारिक पृष्ठभुमि, उमेरसंग दाँजेर शारीरिक प्रकृतिलाई हेरेर चिकित्सकले औषधि दिने गर्छन ।

कसरी बच्ने ? 
हरेक दिन ५ ग्रामभन्दा बढि नुन सेवन गर्नु हुँदैन । अत्यधिक मात्रामा मासांहार, मसालेदार खाना र जंक फुडबाट बच्नुपर्छ । फलफुल र सलाद जस्ता खानेकुरा खानेगर्नुपर्दछ । व्यायम र ध्यानलाई आफ्नो दैनिक जीवनको पाटो बनाउनुपर्दछ । 

 

(एजेन्सीः वेभ एम.डी.)

Last modified on 2018-06-10 14:03:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts