त्रिवि शिक्षण अस्पतालको कर्मचारी लकरभित्र पेस्तोल र गोली
काठमाडौं,२७ जेठ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको एक लकरमा पेस्तोल र केही गोली भेटिएको छ ।
वर्षौदेखि बन्द रहेको लकर ठाउँ अभावका कारण प्रयोगमा ल्याउन खोल्दा गोली र पेस्तोल भेटिएको महाराजगञ्ज प्रहरी वृत्तले जानकारी दियाे ।
प्रहरीको टोलीले अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरबाट ३ राउण्ड गोली र एउटा पेस्तोल बरामद गरेेको अस्पतालले पनि पुष्टि गरेकाे छ ।
Last modified on 2018-06-10 18:50:59