जागिरको तनाबले स्वास्थ्यलाई धूम्रपान जत्तिकै घातक असर गर्ने अध्ययनको दावी



Download our app to get more features

एजेन्सी । मुटुरोगी र मधुमेहको बिरामीलाई आफ्नो जागिरको कारण उत्पन्न मानसिक तनाबको कारण चाडै मृत्युु हुन खतरा देखिएको छ ।

ल्यान्सेट डाइबेटिज एण्ड इन्डोक्राइनोलोजीमा प्रकाशित शोधपत्रका अनुसार त्यो खतरा बिरामीको लागि धूम्रपान जत्तिकै घातक रहेको बताइएको छ । फिनल्यान्ड, स्वीडेन, फ्रान्स र बेलायतका करिब एक लाख ब्यक्तिमा गरिएको अध्ययनले आफ्नो जागिरमा मानसिक तनाव हुनेहरूको सरदर आयु अरु व्यक्तिहरुको भन्दा कम देखिएको थियो ।

यो अध्ययनले अब कार्यक्षेत्रमा कामदारहरुमा मानसिक तनावमुक्त वातावरण सिर्जना गर्न तथा अन्य रचनात्मक उपायहरु कार्यक्षेत्रमा लागू गर्न सुझाव दिएको अध्ययनमा संलग्न बैज्ञानिक मिका किभीमाकीले बताइन् ।

Last modified on 2018-06-12 06:01:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts